सर्जक शिव सुबेदी भन्छन, “अत्ती भयो अत्ती”, १० कलाकार आक्रोशित

घाम जस्तो चम्किलो जुन हुँदैन, भुमरीमा परेँ भने म, भुल्नै भयो धौ, कल्पनामै भएनी देख्छु भनेको, किन यस्तो हुन्छ लगायतका गीतहरुबाट सबैको मनमा बास बस्न सफल सर्जक शिव सुबेदीको पछील्लो क्रममा अती भयो अती गीत सार्वजनिक भएको छ । सर्जक सुबेदीले नेपाली जनताको आवाजलाई गीतको माध्यम बाट बोलेका छन ।

गीतमा कुलेन्द्र बिक, सम्झना भण्डारी, खेम सेन्चुरी, सुनिता बुढा क्षेत्री, सुर्य खड्का, मन्जु पौडेल, बिक्रम परियार, कमला पोखरेल, नरेश खाती, र टिका सानुको आवाज रहेको छ भने शब्द तथा लय सिर्जना शिव सुबेदीको रहेको छ । अर्जुन पोखरेलले संगीत संयोजन गरेको गीतको रेकर्डिङ मालश्री स्टुडियो, काठमाडौंमा गरिएको हो ।

यसअघी पनि सर्जक सुबेदीले १० जना कलाकारको आवाजमा खोइ हाम्रो दिलमा त घामै लाएन गीत सार्वजनिक गरेका थिए । जुन गीतमा ८ जना पुरुष कलाकार थिए भने २ जना मात्र महिला कलाकारले स्थान पाएका थिए । तर यस गीतमा भने त्यो अभाब पनि पुर्ती भएको छ ।

गीतको पुरै भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :-

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्