तपाईंको आज : २०७७ भदौ ६ शनिवारको राशिफल

२०७७ भदौ ६ शनिवार
Aug 22, 2020
चतुर्थी
गणेश चतुर्थी व्रत, राष्ट्रिय धर्मसभा दिवस

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ – आफन्त तथा शुभचिन्तकहरुको सहयोग तथा समर्थन पाईन ग्रहयोग रहेकोछ । दाजुभाई हरुसँगको सम्बन्धमा नयाँ पनको बिकास हुनेछ । छोटो दुरिको व्यावसायिक यात्राको तय गर्न सकिनेछ भने पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्ने आट आउनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने दाम्पत्य जीवन सुखि रहनेछ ।आफन्त तथा शुभचिन्तकहरुको सहयोग तथा समर्थन पाईन ग्रहयोग रहेकोछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – व्ययस्थानमा चन्द्रमा छ । खासगरी आज हरेक आर्थिक क्रियाकलापमा सचेत र सावधान भएर व्यवहार गर्नुपर्ने हुन्छ । सरकारी, प्रशासनिक वा अड्डाअदालतमा विचाराधीन रहेका विषयबाट लाभ लिन सकिने छ । प्रेम सम्बन्धमा आएको तिक्तता हटाउने प्रयास हुनेछ । ढिलै भए पनि काम सम्पन्न हुनेछ । लामो दूरीको वा दुरदराजको यात्राबाट लाभ लिन सकिन्छ । छिटो समाप्त हुने कुनै काममा लगानीको समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह – बलजफ्ती गर्ने बानीले व्यर्थैमा समस्या उत्पन्न हुनेछ। चिताएका काममा ढिलासुस्ती हुन सक्छ। अल्छीपनाले पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिएला। व्यापार-व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। निराश नहुनुहोस्, मौका पर्खंदा स्थितिमा सुधार आउन सक्छ। बोली व्यहारमा संयम रहँदै नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मिहिनेत गर्नुपर्ला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो – समयले कम साथ दिनेछ । हतारमा निर्णय लिएर फुर्सदमा पछुताउने काम हुनेछ । मानसिक तनावमा भने थोरै कमि आउनेछ । जीवन सगिनी र सन्तानबाट सुख थोरै मिल्नेछ । आर्थिक क्षेत्रमा सुधारका संकेत देखिने छन् । धार्मिक काममा अभिरुची बढ्नेछ । अरुको काममा बढि व्यस्त हुदा आफ्ना काम अधुरा रहने छन् ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे – अस्वभाविक खर्च बड्ने हुँदा मन चिन्तीत रहनेछ । शारिरिक कष्ट तथा आँखामा समस्या देखिन सक्छ । मान सम्मान तथा इज्जत प्रतिष्ठा गुम्ने खतरा रहेकोछ सजक रहनुहोला । व्यापार व्यावसायमा नाँफा कमाउँन निकैनै सघर्ष गर्नुपर्ला । वैदेशिक क्षेत्रसँग सम्वन्धीत व्यावसाय भने फस्टाएर जानेछ । बिद्यामा सोचेजस्तो प्रगति गर्न निकै समय कुर्नुपर्नेछ । आफन्त तथा परिवारजन तपार्ईँदेखि टाडिन सक्छन् ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो – अधैर्य व्यवहारले समस्या निम्त्याउला। समयमा सजग नबन्दा र अरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। जमघटमा आफन्तसँग केही मतभेद हुन सक्छ। स्वास्थ्यका कारण लामो समय काममा जुट्न नसकिएला। मिहिनेत गर्दा रोकिएको काम बन्न सक्छ। इच्छाशक्तिद्वारा महत्वाकांक्षी कार्य शुभारम्भ हुनेछ। सुन्दर पहिरनले व्यक्तित्व निखार्ने समय छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते – मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नुपर्छ । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत हुनेछ । प्रत्येक काममा बाधाअड्चन आउने र ढिलो गरी कार्यसम्पादन हुने दिन छ । स्वास्थ्यमा समस्या हुनसक्छ । लेनदेनमा विवाद हुनेछ । घरायसी सुखमा कमी देखिन्छ । सँगीसाथी र पार्टनरको साथ लिन सकिने छैन, कसैसँग व्यर्थमा वादविवाद हुनसक्छ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु – उपलब्धिका काम भन्दा खर्चका काम सहज रुपमा हुनेछन् । घुमफिर रमाईलोमा दिनका अधिकाँश समय खर्च हुनेछ । इज्जतमा दाग लाग्न सक्छ सतर्क रहनु होला । बोलिको प्रभाव घट्नेछ । पढाई लेखाईमा अवरोध आउनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । लगानी नबढाउनु होला गरेमा डुब्नेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – दाम्पत्य जीवनमा एकअर्कालाई सहयोग गर्दै दैनिकी सुखद तथा सम्बृद्ध बनाउन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने लामो दुरिको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । पढाइ लेखाइमा थोरै समय दिएपनि उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । स्वास्थ्य सबल रहने हुँदा शरिरमा एक किसिमको जोस जागर आउनेछ । माया प्रेममा नजिकिने समय रहेकोछ भने विलासी तथा भौतिक वस्तु प्राप्तिको गतिलो योग रहेकोछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि – घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ । सामाजिक मर्यादा र प्रतिष्ठाका लागि सङ्घर्ष गर्नुपर्छ । रोजगारी र बन्दव्यापारमा कडा परिश्रम गर्दा पनि सोचेजस्तो उपलब्धी हात पर्ने छैन । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ । आज अरुको झट्ट विश्वास गर्ने दिन होइन, त्यस्तै कामधन्दामा अर्काको भर नपर्नु नै राम्रो हुनेछ, मित्र, सहयोगी र नातागोताको साथ पाइँदैन, जे गरे पनि आफ्नो काम आफैं गर्नुपर्छ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द – रोकिएका काम पुन: प्रारम्भ गर्न सकिनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला, बिस्तारै फाइदा हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। लामो यात्रा व्यवस्थापनका लागि केही रकम खर्च हुने समय छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि – बौद्धिक कार्यमा सहभागी भई आफ्नो गतिलो प्रश्तुती पस्कने अवसर प्राप्त हुनेछ तर भनेजस्तो पारिश्रमिक पाइने छैन । बिद्यामा सफलता पाउँन निकै नै संघर्ष गर्नुपर्ला । परिवार तथा सन्तान बाट तपार्ईँले गरेको काममा असहयोग हुनेछ । व्यापार व्यावसायमा लगानी नवढाउदा राम्रो हुनेछ । पेट सम्बन्धि समस्याले सताउँनेछ हुदा मानशिक तनाव बढ्नेछ । तरपनि प्रेममा रमाउन चाहानेहरुका लागि समय उत्तम रहेकोछ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्