९ वर्षीय अपाङ्गता भएका बालकको तीन युवकले का’टिदिए यौ’नाङ्ग

भारतको बिहारस्थिती भोजपुर जिल्लामा मानवतालाई लज्जित गर्ने घटना सार्वजनिक भएको छ । यहाँ तीन युवकले ९ वर्षीय अपाङ्गता भएका बालकको यौ’नाङ्ग का’टिदिएका छन् । बालकलाई गम्भीर रुपमा अस्पताल पुर्याइएको छ ।

भारतीय सञ्चार माध्यमले जानकारी अनुसार सुरुमा बालकलाई उपचारका लागि पिएचसी कोइलवर पुर्याएका थिए तर स्थिती गम्भीर भएकोले सदर अस्पताल रिफर गरिएको थियो । बालकको यौ’नाङ्गमा करिब एक दर्जन बढी टाँ’का लगाउनुपरेको छ ।

बालककी आमाले कोइलवर थानामा तीन व्यक्तिविरुद्ध मु’द्दा दर्ता गरेकी छिन् । बालकका आमाका अनुसार उनको छोरा बोल्न र सुन्न सक्दैनन् । बालकलाई आरोपीले फकाईफुल्याइ खेतमा लगेको र धारिलो हतियारले यौ’नाङ्ग का’टिदिएको बालककी आमाको आ’रोप छ ।

ती बालक रुँदै चिच्याउँदै र’गत ल’त्पत्तिको अवस्थामा घर पुगेको र इशारामा आमालाई घट’नाबारे पूरा जानकारी दिएको बालककी आमाले बताएकी छन । एजेन्सी

यो पनि पढ्नुहोस् :-

काठमाडौँ, १८ साउन । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पछिको बन्दाबन्दीको अवधिमा समेत आँखाका नानी निरन्तर रूपमा सङ्कलन भइरहेका छन् तर यातायातको असुविधाले सङ्कलन भएका नानी प्रत्यारोपण गर्न माग भएका स्थानमा पुर्‍याउन सम्भव हुन सकेको छैन ।

नेपाल आँखा बैङ्क तीलगङ्गाका निर्देशक शङ्खनारायण त्वयनाका अनुसार तीलगङ्गामै आएका दृष्टिविहीनमा नानी प्रत्यारोपण गरिएको छ । बुधबार नेपाल आँखा अस्पतालमा एउटा नानी दिन सकिएको छ । उनका अनुसार बन्दाबन्दीका बेला पनि श’वबाट महिनामा १२ वटा जति नानी सङ्कलन भए ।

उपत्यकाका विभिन्न अस्पताल, विद्युतीय श’वदा’ह गृह र आर्यघा’टको परम्पराका चि’तामा आएका श’वबाट नानी सङ्कलन हुने गरेको छ । आर्यघा’टमा श’वदा’ह गर्ने मजदुर चन्द्र ढकालका अनुसार श’व जलाउने सबै मजदुरले श’व जलाउनुअघि नानी प्रत्यारोपण गर्न दान दिन मलामीलाई आग्रह गर्दै आएका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्