५ जना मन्त्रीहरुले राजीनामा दिने तयारी

काठमाडौँ, ५ पुष । प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेसँगै ५ जना मन्त्रीहरुले राजीनामा दिने तयारी गरेका छन् ।

विशेषगरी पुष्पकमल दाहाल र माधव नेपाल समूहका मन्त्रीहरुले राजीनामाको तयारी गरेका हुन् । कृषिमन्त्री घनश्याम भुसाल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरीराजमणि पोखरेल, वनमन्त्री शक्ति बस्नेत, खानेपानी मन्त्री विना मगर लगायत मन्त्रीहरुले राजीनामाका लागि तयारी गरेका हुन् ।

यसका लागि उनीहरु यतिबेला आन्तरिक छलफलमा बसेको पनि बुझिएको छ । संसद विघटन गर्ने ओेलीको प्रस्तावमा आज बिहान बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्री पुन, घनश्याम भुषाल, योगेश भट्टराई लगायतले वि’रोध गरेका थिए ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्