काठमाडौं, ३० भदौ। सरकारले लामो सयमदेखि बन्द रहेको आन्तरिक हवाई उडान तथा लामो/छोटो दूरीका सार्वजनिक यातायातलाई स्वास्थ्य मापदण्ड पूरा गरेर असोज ५ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ।
सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै आन्तरिक उडान सुरु गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अन्तरजिल्ला यातायात पनि खोल्ने निर्णय गरेको छ ।
‘स्वास्थ्य मापदण्ड अपनाएर हवाई उडान र सार्वजनिक यातायात सुरू गर्ने निर्णय भएको छ,’ एक मन्त्रीले भने, ‘यसबारेमा थप प्रष्ट्याउने काम हुन्छ होला । अहिलेलाई खुलाउने भन्ने भएको छ ।’ सरकारले लामो दूरीको यातायात नखोले असोज १ गतेबाट आफैँ सञ्चालन गर्ने यातायात व्यावशायीहरूले बताउदै आएका आएका थिए ।
कोरोना संक्रमण फैलिन नदिन सरकारले गएको चैत ११ देखि लकडाउन गर्दै लामो दूरीका यातायात बन्द गरेको थियो। मन्त्रिपरिषद्को बैठकले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाको रिक्त सदस्य पदका लागि सिफारिस नियुक्त गर्ने पनि निर्णय गरेको छ।