पोखरामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु

पोखरा, ०२ भदौ। पोखरा, ०२ भदौ। पोखरामा कोरोना संक्रमणबाट पुन: दुइ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक पोखरा महानगरपालिका वडा नम्बर १६ का निवासी ८७ वर्षिय वृद्ध रहेका छन्। उनमा श्वासप्रश्वासमा समस्या देखिएपछि उनि साउन ३२ गते अस्पतालको इमर्जेन्सी विभागमा भर्ना भएका थिए। उक्त वृद्धमा उच्च ज्वरो पनि थियो ।

कोरोना संक्रमणको आशंकापछि उनको स्वाब जाँच्दा सोमबार मात्रै उनलाई कोरोना पुष्टि भएको थियो। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन कक्षमा उपचाररत वृद्धको बिहान करिब ११ बजेतिर मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिए । उनको अहिले शव व्यवस्थापनको तयारी भइरहेको छ।

यस्तै, कास्की सेवा अस्पतालमा उपचाररत एक महिला पनि कोरोना संक्रमणबाट मृत्यु भएको उनले जानकारी दिए। उनको मृत्यु पछि कोरोना पोजेटिभ आएको थियो। उनको पनि अहिले शव व्यवस्थापनको तयारी भइरहेको उनले जानकारी दिए ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्