२१ बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौँ, २३ साउन। पछिल्लो समय देशमा कोरोनाबाट मृत्यु हुेनेको संख्या दिनप्रतिदिन बढीरहेको छ । यसैबीच सिरहामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा २१ वर्षीय युवा रहेका छन् ।

उक्त युवाको कोरोना अस्पतालमा उपचारको क्रममा बिहीवार राति मृत्यु भएको हो। धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्य भएका युवा सिरहा गोलबजार नगरपालिकाका– १२ का २१ वर्षिय पुरुष हुन्।

उनी मृगौलाका बिरामीसमेत रहेको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीराज कँडेलले बताए । उनमा केहि दिन अगाडि कोरोना पुष्टि भएको बताइएको छ। यससंगै नेपालमा कोरोना बाट मृत्यु हुनेको संख्या ६६ पुगेको छ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्