१८ बर्षीया युवतीलाइ बलात्कार गरी घरमै पुर्याउन आएपछि…

जनकपुरधाम, १३ साउन। धुषाको क्षिरेश्वनाथ नगरपालिका–३ की १८ बर्षीया युवती बलात्कृत भएकी छन् । युवतीको भनाइ अनुसार स्थानीय कलाम राइनले बलात्कार गरेको बताएकी छन् । सोमबार राति १२ बजेतिर पिसाब फेर्न भनि घरबाहिर निस्किएकी युवतीलाई त्यहिका बासिन्दा ३० बर्षीय राइनले जबर्जस्ती लगी बलात्कार गरेको पीडित परिवारको भनाइ छ ।

राति १२ बजेतिर पिसाब फेर्न निस्केकी युवती घर नफर्केपछि उनका परिवार बाट उक्त युवतीको खोजी भएको थियो । पछि ती युवतीलाई राइनले बिहान ३ बजेतिर घर छोड्न आएपछि घटना सार्वजनिक भएको हो । युवतीले आफूलाई लगेर बलात्कार गरेको बताएपछि बालिकाका आफन्त र गाउँलेले तत्कालै युवकलाई नियन्त्रणमा लिई कुटपिट गरी इलाका प्रहरी कार्यालय महेन्द्रनगरको जिम्मा लगाएका छन् ।

स्थानीयले प्रहरीलाई जिम्मा लगाएपछि युवती र युवक दुबैको स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिएका छन्।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्