१८ जना प्रहरी कर्मचारीलाई एकैपटक कोरोना पुष्टि भएपछि स्याङ्जामा अत्यावश्यकबाहेक सबै सेवा बन्द

काठमाडौँ, १३ साउन । पछिल्लो समय नेपालमा समुदायस्तरमा पनि कोरोना संक्रमण फैलिएको आशंका छ । यसैबिच स्याङ्जामा कोरोना संक्रमण बढेपछि स्याङ्जामा आजदेखि १० दिनसम्मका लागि अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ ।

एसपीसहित जिल्ला प्रहरी कार्यालयमा कार्यरत १८ जना प्रहरी कर्मचारीलाई एकैपटक कोरोना पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले आजदेखि नै १० दिनसम्म अत्यावश्यकबाहेक सबै सेवा बन्दको घोषणा गरेको हो ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले कोरोना भाइरसको संक्रमण रोकथामका लागि अत्यावश्यक सेवा बाहेक आवतजावतमा पूर्णरुपमा बन्देज गर्ने निर्णय गरेको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीका अनुसार प्रहरी प्रमुखसहित सुरक्षाकर्मी जिल्लाको धेरै ठाउँमा पुगेको र उनीहरुको सम्पर्कमा धेरै मानिस आएकाले पनि पुतलीबजार धेरै जोखिम देखिएकाले यस्तो निर्णय गरिएको हो । यदि प्रशासनको यो निर्णय उलंघन गरेमा जो कोहीलाई पनि संक्रामक रोग ऐन–२०२० अनुसार कारबाही गरिने प्रमुख जिल्ला क्षेत्रीले बताए ।

यसैबिच कपिलवस्तुको शिवराज नगरपालिकामा थप ३४ जनामा कोरोना पुष्टि भएको छ । संक्रमित हुनेमा २८ जना पुरुष र ६ जना महिला रहेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौमा गरिएको परिक्षणमा उनीहरुमा कोरोना देखिएको हो ।

आज ३४ जना थपिएसँगै कपिलवस्तुमा सन्क्रमितको संख्या ७९६ पुगेको छ । संक्रमित मध्य १२ जना भारत, ४ जना दुबई , २ जना साउदी अरेबिया, ३ जना कतारदेखि आएका र १३ जना समुदायको रहेको बताइएको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्