१५ वर्षीया किशोरीलाई बला’त्कार गरी रुखमा झु’ण्ड्याउने प्रहरी वि’रुद्ध मु’द्दा

डोटी, १८ कत्तिक । जिल्लाको जोरायल गाउँपालिका–५ गडसेरामा रहेको अस्थायी प्रहरी चौकीमा कार्यरत २४ वर्षीय प्रहरी जवान सुशील सिंहले सोही ठाउँकी १५ वर्षीया किशोरीलाई बला’त्कार गरेको आ’रोपमा जिल्ला प्रहरी कार्यालयमा सोमबार मु’द्दा दर्ता भएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार किशोरीलाई विवाह गर्ने प्रलोभन देखाई बला’त्कार गरेको भन्ने पी’डित बालिकाको उजुरीका आधारमा निज प्रहरी जवान सिंह वि’रुद्ध मु’द्दा दर्ता गरिएको हो । निज किशोरीलाई प्रहरी जवान सिंहले तीन महिनादेखि शारीरिक सम्बन्ध राखेको पी’डित किशोरीले आ’रोप लगाएकी छन् ।

प्रहरी जवान सिंहले यही कात्तिक १३ गते राति किशोरीलाई बला’त्कार पछि ह’त्या प्रयास गरेको पीडित किशोरीका आफन्तले आ’रोप लगाएका छन् । राति ११ बजे किशोरीको घरमा उनी सुतेकै कोठामा पुगेर बला’त्कार गरेको र उनलाई घिसार्दै घरदेखि तल रुखमा झु’ण्ड्याएको र पछि किशोरी अर्धचेत अवस्थामा भेटिएको पी’डित किशोरीका बुवाको आफन्तको भनाइ छ ।

किशोरीको घाँटीमा दोपट्टाले लगाएको फाँ’सीको घाउ प्रष्टै देखिने भएकाले घटनाको सत्यतथ्य बुझ्नका लागि अधिकृतको कमाण्डमा प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख जनकराज पाण्डेले बताए । यसैगरी निज प्रहरी जवानले किशोरीलाई कु’टपि’ट गरेका कारण उनको खुट्टामा नीलडाम रहेको छ । आँफूलाई प्रहरी जवान सिंहले विवाह गर्ने भन्दै सधैँ फोन गर्ने गरेको पी’डित किशोरीले आ’रोप लगाएकी छन् ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्