बाबालाई सम्झिदै भक्कनिए यी १२ कलाकार हेर्नुहोस् भिडियो सहित

नेपाली लोक संगीतको फाँटमा ‘मेरो बाबा’ गीत सार्वजनिक भएसँगै चर्चा बढेको छ । नेपाली लोक संगीत क्षेत्रका अग्रज देखी अनुज सम्मका १२ जना कलाकारहरुले आवाज भरेको गीतले आफ्नो बाबा गुमाउँदाको पिँडा बोलेको छ ।

पुरुषोत्तम न्यौपाने, पशुपती शर्मा, खुमन अधिकारी, इश्वर शिंह, तारानाथ आचार्य, शम्भु कुँवर, मौसम गुरुङ, किसान नेपाली, डि.आर सुजन, राजन कार्की, टेक नारायण चापागाइँ र नारायण भट्टराईको आवाज रहेको गीतको शब्द सिर्जना डि.आर सुजनले गरेका हुन भने लय सिर्जना डि.आर सुजन र टेक नारायण चापागाइँको रहेको छ ।

तारानाथ आचार्यले संगीत संयोजन गरेको गीतमा पृष्‍ठभुमी ध्वनी संयोजन हेमन्त शिशिरले गरेका हुन । स्टुडियो मालश्री र डिजिटज स्टार रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतको अडियो मास्टरिङ्ग खडक बाजुरालीले गरेका हुन ।

डि.आर सुजन, दिबाकर भण्डारी, लेखनाथ भुशाल साया भण्डारी, सुरबिर पण्डित, रमा थपलिया, कृष्ण मंगल श्रेष्ठ, अमृत पौडेल, बिमल खड्का, मणी कुमार राइ, निर्मला आचार्य, जोनिश अधिकारी, आश्रय दाहाल लगायतको अभिनय रहेको गीतको पारीकल्पना तथा निर्देशन डि.आर सुजनले गरेका हुन ।

रेशम दर्लामीले छायांकन गरेको भिडियोलाई जितु तमाङले ड्रोन खिचेका छन भने सम्पादन मनोज कार्कीले गरेका हुन ।

गीतको पुरै भिडियो हेर्नका लागि यहाँँ क्लिक गर्नुहोस् :-

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्