हेमन्त कान्छाको नयाँ गीत “दुई दिन हसायौ ”सार्वजनिक ( भिडियो सहित )

काठमाडौं, १५ भदौ। देशमा कोरोना भाइरस महामारीका कारण सांगीतिक बजार थला पर्दै गइरहेको परिवेशमा लोकप्रिय गायक तथा सारङ्गी बाधक हेमन्त कान्छा रसाइलीले निकै नै मर्मस्पर्शी गीत बजारमा लिएर आएका छन् ।

दर्शक स्रोताले यसअघि सर्वाधिक रुचाइएको गीत “किन होला खै”लाई भाग २ बनाएर ( दुई दिन हसायो ) बोलको गीत हेमन्त कान्छा रसाइली युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

गीतलाई वरिष्ठ सर्जक राजकुमार बगरले लेखेका हुन् भने संगीत पनि बगरकै रहेको छ । हेमन्त कान्छा रसाइलीको एकल स्वरमा रहेको यस गीतको भिडियोमा कलाकार सुवेदी, शिशिर भण्डारी र हेमन्त कान्छाको उत्कृष्ट अभिनय रहेको छ ।

अनिल कुमार महर्जनले खिचेको भिडियोलाई बिकाश ज्ञवालीले सम्पादन गरेका हुन । भिडियो निर्देशन पनि गायक स्वयम् हेमन्त कान्छा रसाइलीले नै गरेका हुन् ।

पछिल्लो केही समय यता सांगीतिक बजारमा हेमन्त कान्छाको एकपछि अर्को गर्दै नयाँ गीतहरु आइरहेको छ । बिशेषगरि समसामयिक बिषयमा गीत बनाएर गाउनमा माहिर हेमन्त कान्छाले अग्रज सर्जकहरुको लोपोन्मुख गीतहरु पनि धेरै गाएका छन् ।

गीतको पुरा भिडियो हेर्नुहोस्

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्