हेटौँडा सिमेन्ट उद्योगले करिब ३८ हजार कामदारको माग गर्‍यो

काठमाडौं, २५ असोज । हेटौँडा सिमेन्ट उद्योगले करिब ३८ हजार कामदारको माग गरेको छ । आइतबार एक सूचना जारी गर्दै हेटौंडा सिमेन्ट उद्योगले ३८ हजार ६ सय ९५ जना कामदारको माग गरेको हो । यसमध्ये २ हजार ९ सय २० जना दक्ष र ३५ हजार ५ सय ७५ जना अदक्ष कामदार आवश्यक भएको हेटौँडा सिमेन्ट उद्योगद्वारा जारी गरिएको बोलपत्र सूचनामा उल्लेख गरिएको छ ।

सो कामदारको आपूर्ति आउटसोर्सिङ मार्फत् गर्ने जनाउँदै ३० दिनको अवधिभित्र इच्छुक आपूर्ति कर्तालाई बोलपत्र पेश गर्न आह्वान समेत गरेको छ । सूचनामा उल्लेख भए पनि हेटौँडा सिमेन्ट उद्योगले एकैपटक ३८ हजार जना कामदारको माग गरेको चाहिँ होइन ।

एक वर्षभित्र ३८ हजार कार्यदिनका लागि काम गर्ने कामदारको आपूर्ति गर्न लागेको हो । जसका लागि ५०/६० जना कामदार पर्याप्त रहेको सिमेन्टका महाप्रबन्धक प्रेमशंकर सिंहले बताए । उनका अनुसार ३ जना कार्यालय सहयोगी (पियन), पानीको आपूर्ति गर्ने व्यक्ति र सरसफाई गर्ने व्यक्ति मागेका गरिएको हो । त्यस्तो काम वर्षौँदेखि स्थानीयबासीले गर्दै आएका छन् । तर उहाँहरुलाई आउटसोर्सिङ मार्फत् लिने गरिएको थियो । त्यसका लागि ५०/६० जना मान्छे लाग्ने हो । तर, कार्यदिनको आधारमा बोलपत्र आह्वान गरिएकोले मात्रै धेरै देखिन गएको हो ।

bolapatra
हेटौँडा सिमेन्ट उद्योग

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्