हुम्लामा साढे सतहत्तर लाख राजस्व: झ्यालबाट आएर दैलोबाट जाने नमुनाका रुपमा परिभाषित

हुम्ला, २१ पुष। संघीयतापछि विभिन्न नाममा रुपान्तरण भएका हुम्लाका प्रादेशिक कार्यालयहरूले आव २०७६र०७७मा साढे सतहत्तर लाखभन्दा धेरै राजस्व संकलन गरेका छन् । कर्णाली प्रदेश सरकारका विभिन्न मन्त्रालयहरू जिल्ला प्रतिनिधिका रुपमा स्थापित करीब एकदर्जन यी कार्यालयहरूमा आउने बजेट र विकास कुराहरू पछिल्लो समय झ्यालबाट आएर दैलोबाट जाने विकासको नमुनाका रुपमा परिभाषित भएका छन् ।

बजेट आउँछ धेरै तर पनि असारमा बजेटको वर्षा लिएर आउँछ । एक हप्तामा बील मिलाउन र शील तोड्दै तहल्का मच्चाएर जाने गरेको स्थानीयहरू बताउँछन् । आव २०७६र०७७मा आधा दर्जन प्रादेशिक हुम्लाका कार्यालयहरूले न्यूनतम १६ हजार ६०देखि अधिकतम २७ लाख ३० हजार ५८५सम्म राजस्व संकलन गरेको कोष तथा लेखा नियन्त्रण कार्यालय हुम्लाको अभिलेखमा उल्लेख भएको छ ।

उक्त राजस्व संकलन गर्ने कार्यालयहरूमा आलु बाली विकास केन्द्र, घरेलु तथा उपभोक्ता संरक्षणहित कार्यालय, खानेपानी, उर्जा तथा सिंचाई कार्यालय, वन डिभिजन कार्यालय, पूर्वाधार विकास कार्यालय र भेटेनरी कार्यालय रहेको जानकारी कोष तथा लेखा नियन्त्रण कार्यालय हुम्लाका कोष नियन्त्रक नरेशराज भट्टले जानकारी दिए।

आव २०७६र०७७मा संकलन भएको राजस्व अघिल्लो वर्षको भन्दा करीब १२ प्रतिशतले बढी संकलन भएको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्