हुम्लाका विद्यालयमा मतदाता शिक्षा कार्यक्रम सम्पन्न

हुम्ला, २५ माघ । जिल्ला निर्वाचन कार्यालय हुम्लाले स्थानीय तहमा रहेका गाउँगाउँका विद्यालयमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेर सम्पन्न गरेको छ । सरकारले गत पुस ५ गते संसद् विघटन गरेर आगामी वैशाख १७ र २७ गते निर्वाचनको घोषणा गरेपछि त्यसको तयारीका लागि ती कार्यक्रम सञ्चालन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

चुनावमा मत बदर नहोस् भन्नका लागि ती कार्यक्रमले सहयोग पुग्ने कार्यालयका प्रमुख महेश कुमार थापाले जानकारी दिए । उनले भने, “कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी विद्यालयमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेका हौँ ।” विद्यार्थी मार्फत अभिभावकलाई मतदान गर्ने सही तरीका सिकाउन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ ।

कार्यक्रममा २०० भन्दा बढी विद्यार्थी सहभागी रहेका छन् । निर्वाचन कार्यालयको कार्यक्रम अनुसार जिल्लाका ६ वटा विद्यालय सिमकोट गाउँपालिकाको मानसरोवर मावि, बालमन्दिर मावि, कैलाश मावि, रलिङ मावि, रामदेव मावि र नाम्खा गाउँपालिकाको महाबौद्ध मावि याल्वाङमा यो कार्यक्रम सञ्चालन भएको हो ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्