काठमाडौँ, ०१ मंसिर। हङकङको याउमातेईमा नेपालीले सञ्चालन गरेको एउटा रेस्टुरेन्टमा आगलागी भएको छ । आइतबार राति भएको आगलागीमा परि सातजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ९ वर्षीय बच्चासहित अधिकांश नेपाली रहेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।
आगलागीपछि उद्धार गरी अस्पताल पुर्याइएका १८ घाइतेमध्ये सातजनाको मृत्यु भएको हो । दुईजनाको अवस्था चिन्ताजनक छ । अपार्टमेन्टको फ्ल्याटमा सञ्चालित सो रेस्टुरेन्टमा आइतबार बर्डथे मनाउनका लागि मानिसहरु भेला भएको बेला एकाएक मध्यरातमा आगलागी हुन पुगेको थियो। हङकङको समयअनुसार आइतबार राति करिब साढे ८ बजे आगलागी भएको थियो ।
जन्मदिनको अवसरमा बालिएको मैनबत्तीबाट आगलागी भएको हुन सक्ने प्रारम्भिक आकलन गरिएको छ । यद्दपि आगलागी हुनुको ठोस कारण भने खुल्न सेको छैन। घटनास्थल याउमातेईको क्यान्टोन रोड र साइगोन रोडको बीचमा पर्छ । यो हङकङमा नेपाली बसोबास गर्ने एउटा मुख्य क्षेत्र हो । प्रहरीले रेस्टुरेन्टको लाइसेन्स भए–नभएको बारे थप अनुसन्धान भइरहेको जनाएको छ।