स्याङ्जामा जिप दुर्घटना, एक जनाको मृत्यु

स्याङ्जा, २३ कात्तिक । स्याङ्जाको भिरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भिरकोट नगरपालिका– ५ हर्खौडीस्थित कच्ची सडक खण्डमा पकान फाँटबाट पराल बोकेर हर्खौडी तर्फ जादैँ गरेको लु १ च २६९६ नं को जीप शनिबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

दुर्घटनामा घाइते भएका भिरकोट नगरपालिका अन्य पाँच जनाको कालिका सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । जीप चालक राजु पंगेनीलाई प्रहरीले पक्राउ गरेको छ । जीप सडकदेखि अन्दाजी ३० मिटर तल खसेको थियो ।

त्यस्तै, जीप दुर्घटना हुँदा बैतडीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–२ कफलकोटका ३३ वर्षीय वीरबहादुर कुँवर रहेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । दोगडाकेदार–३ सिल्लेगडाबाट कफलकोटतर्फ गइरहेको ग१ज ५१९२ नम्बरको बोलेरो जीप शनिबार राति ८ बजेतिर हुलाक भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी दोगडाकेदार–३ श्रीकोटका जीपचालक २३ वर्षीय दीपक चन्द घाइते भएका छन् । उनको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ । जीपमा दुई जना मात्रै सवार रहेको बताइएको छ । जीप सडकबाट ४० मिटर तल खसेको प्रहरीले जनाएको छ । जीप दुर्घटनाको कारण भने खुल्न सकेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्