गृहमन्त्री लिन हिँडेको स्कर्टिङको अगुवा गाडीले स्कुटरलाई ठक्कर दिँदा दुईजना घाइते

काठमाडौं, २ भदौ । गृहमन्त्री रामबहादुर थापालाई लिन हिँडेको स्कर्टिङको अगुवा गाडीले स्कुटरलाई ठक्कर दिएको छ ।

आज बिहान सिंहदरबारको पश्चिम गेटनजिक गृहमन्त्री थापालाई स्कर्टिङमा दिन हिँडेको नेपाल प्रहरीको बा.१झ ५५९४ नम्बरको जिपले स्कुटर ठक्कर दिँदा दुईजना घाइते भएका छन् । जीपको ठक्करबाट नुवाकोट घर भएका २३ वर्षीया लिला थापा र २७ वर्षीया सुधा थापा घाइते भएका छन् । उनीहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । ।

जीप चालकलाई महानगरीय प्रहरी वृत सिंहदरबारले नियन्त्रणमा लिएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ मंगलबार बाजुरा जाँदै छन् । ‘बादल’लाई विमास्थलसम्म स्कर्टिङ गर्न सो जीप प्रहरी प्रधान कार्यालयबाट पुल्चोकस्थित मन्त्रीक्वार्टर जाँदै थियो ।

यो पनि पढ्नुहोस् :-

काठमाडौं, २ भदौ । नेपालीहरुको उद्धारका लागि दुबई पुगिसकेको नेपाल एयरलाइन्सको विमान आज रित्तै फर्कने भएको छ । सरकारले उद्धार उडान स्थगित गरेपछि दुबई एयरपोर्टमा करिब एक सय नेपाली यात्रु अलपत्र परेको जनाइएको छ ।

सीसीएमसीले सोमबार परराष्ट्र र पर्यटन मन्त्रालयलाई उद्धार उडान रोक्न भन्दै पत्राचार गरेको थियो । सीसीएमसीले केही स्थानीय तहहरुले निषेधित क्षेत्र घोषणा गर्ने क्रम बढेको र होटल क्वारेन्टिनको व्यवस्था पनि भइनसकेको कारण देखाउँदै उद्धार उडान रोक्न भनेको थियो ।

सीसीएमसीको सोही आग्रह अनुसार विदेशबाट हुने सम्पूर्ण उद्धार उडान एक्कासी स्थगित गरेसंगै विदेशका एयरपोर्टहरुमा कयौं यात्रुहरु अलपत्र परेका हुन् । स्वदेश फिर्तीको सबै प्रक्रिया पूरा गरेर एयरपोर्टमा पुगेका नेपालीहरु विमान रित्तै फर्किने खबरले आक्रोशित भएका छन् ।

उनीहरुले आफूहरुको सम्पूर्ण खर्च नेपाल एयरलाइन्स वा उडान रद्द गराउने सीसीएमसी र यसका प्रमुख उपप्रधानमन्त्री ईश्वर पोखरेलले व्यहोर्नुपर्ने भन्दै सामाजिक सन्जालमा आक्रोश पोखेका हुन् ।

यता नेपाल एयरलाइन्सले भने सरकारको यो निर्णयले एयरपोर्ट पुगेका यात्रुहरुले सास्ती पाउनुका साथै एयरलाइन्सलाई समेत घाटा लागेको बताएको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्