तपाईंको आज : २०७७ भदौ ८ सोमवारको राशिफल

२०७७ भदौ ८ सोमवार
Aug 24, 2020
षष्ठी – सुर्यषष्ठी

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ – परिस्थितिअनुसार चल्न नसक्ता अलि दु:ख पाइनेछ। हतारको निर्णयले काम बिग्रन सक्छ। महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन्। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। आफ्नो क्षेत्रमा अरूले अधिकार जमाउन सक्छन्।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – समयले आज पनि साथ दिनेछ । सुख,शान्तिमा वृद्धि हुनेछ । आकस्मिक आम्दानीको योग देखिन्छ । नोकरीमा पदोन्नतिको सम्भावना देखिन्छ । व्यापार व्यवासयबाट आम्दानी बढ्नेछ । घरमा मंगलिक कार्य हुन सक्छन् । राजनैतिक भेटघाटबाट उर्जा मिल्नेछ । घर परिवार आफन्तबाट सहयोग सहानुभूति मिल्नेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह – समाजमा बोलिको प्रभाव बढ्ने हुनाले बोलेरै थेरै कामहरु गर्न सकिनेछ । व्यापारमा वढोत्तरिको योग रहेकोछ भने नयाँ व्यावसाय सुरु गर्न सकिनेछ । कुटुम्बसँगको सम्बन्धमा सुधार हुनेछ भने आफन्तको सहयोगले कामहरु समयमा नै सकाउँन सकिनेछ । पारिवारिक जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा रमाउँन चाहनेहरुलाई समयले साथ दिनेछ भने जीवन साथीसँग थप आत्मियता बढ्नेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो – श्रमको उचित मूल्यांकन हुनेछ भने लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ। प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ हुन सक्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे – कर्मक्षेत्रमा चन्द्रमा रहेकाले अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । व्यापारमा प्रशस्त फाइदा हुनेछ । काममा मातापिताको सहयोग र सुझाव प्राप्त होला । हाकिम, गुरुवर्ग वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । पितृधनबाट फाइदा उठाउन सकिने छ । प्रशस्त आम्दानी हुनेछ, यद्यपि आम्दानी गरिएको धन मनोरञ्जन र खानपानका क्षेत्रमा खर्च हुनसक्छ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो – कमाईमा भन्दा रमाईमा बढि ध्यान केन्द्रित हुनेछ । ईष्टमित्रबाट सहयोग पाईनेछ । घर परिवारमा सामान्य समस्या आउन सक्छन् । घरका समस्या मिलाउन समय लाग्नेछ । ऋण लगानीमा जोड नदिनु होला । संचित धन खर्च हुनेछ । व्यापार व्यवसायमा आएको मन्दि कायम रहला । हतारमा गरेका काम विग्रिने छन् ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते – भाग्यले साथ दिनेहुदा सानो प्रयत्नले ठुलो काम बन्नेछ । धर्म तथा अध्यात्मतिर ध्यान जाने हुनाले शरिरले सकारात्मक उर्जा ग्रहण गर्नेछ । आफन्तहरुको सहयोगले उपलब्धी मुलक कामहरु बन्नेछन् भने दैनिकीलाई सहज रुपमा परिणत गर्न सकिनेछ । धार्मिक तथा अध्ययन यात्राको अधिक सम्भावना रहेकोछ । नयाँ काम गरी आम्दानीका स्रोत बढाउन सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु – आज आमा वा मामाको आशीर्वादले काम गर्न सक्छ । मनमा शान्तिको अनुभूति हुनेछ । सिर्जनात्मकता र व्यवहारिकतातर्फ मन आकर्षित हुनेछ । घरायसी समस्या समाधान गर्न सकिने छ । माया र प्रेमको वातावरण तैयार हुनेछ । तर्क, विवाद र झैझगडा जस्ता क्षेत्रबाट लाभ मिल्नेछ । आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुनसक्छ । दूरदराजको यात्राको सम्भावना छ । वैदेशिक प्रयोजनका लागि गरिएको प्रयास सार्थक हुनेछ । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – पहिलेका समस्या दोहोरिनाले उत्साहमा कमी आउला। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। समयमा सजग नहुँदा काममा अवरोध आउन सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। गलत व्यक्तिको विश्वास गर्नाले धोका हुनेछ। गोपनीयता बाहिरिनाले पनि समस्या आइपर्नेछ। अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि – पारिवारीक सम्वन्ध,दाम्पत्य जीवन तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । लामो तथा रमाईलो यात्रा हुने हुदा मन प्रशन्न हुनेछ । पारिवारीक जमघटमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिद्या तपार्ईँले सोचेजस्तै राम्रो हुनेछ । भौतिक सम्पती तथा सवारी साधनको प्राप्तीको गतिलो योग रहेको छ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द – समयको गति सगै काममा प्रगति हुनेछ । विगतमा नबनेका काम आज बन्ने छन् । वित्तिय कारोवारमा सुधार आउनेछ । परिवारको सहयोग लिएर काम गर्नु भयो भने अझ राम्रो हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । आफ्नै बाहुबलमा आर्थिक उन्नति हुनेछ । पाटर्नशिपमा कुनै काम नगर्नु होला ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि – दिन मध्यमखालको छ । आर्थिक रूपमा राम्रै रहे पनि सामाजिक र व्यक्तिगत प्रतिष्ठा प्राप्त गर्न खट्नु पर्ने दिन छ । व्यापार, व्यवसायबाट लाभ मिल्नेछ । नातागोता, छरछिमेकी वा इष्टमित्रको जिम्मेबारी वहन गर्नु पर्नेछ । प्राविधिक कारणले आएका समस्या निराकरण गर्न धेरै समय खर्चनु पर्नेछ । गरेका काममा सोचेजति सफलता प्राप्त हुने सम्भावना छैन । आत्मबलमा कमी देखिने छ । पठनपाठनमा समय दिन सकिने छैन ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्