तपाईंको आज : २०७७ मंसिर १ सोमवारको राशिफल

२०७७ मंसिर १ सोमवार, प्रतिपदा – भाइटीका, गोवर्धन पूजा, नेपाल सम्वत ११४१ प्रारम्भ, अन्तर्राष्ट्रिय सहनशीलता दिवस, अन्तर्राष्ट्रिय विद्यार्थी दिवस – 16 Nov 2020

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ –
व्यापारमा लगानी गरी मनग्गे धन तथा सम्पती आर्जन गर्न सकिने समय रहेकोछ । पढाइ लेखाइमा मन जाने हुनाले उत्कृष्ट नतिजाका साथ पुरस्कार जित्न सकिने हुदा आफन्त तथा गुरुजनहरु खुसी हुनेछन् । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनुको साथै जीवन साथिको साथ रहने हुनाले काम गर्न उर्जा थपिनेछ ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो –
आजको दिन चुनौती र परीक्षणका रूपमा देखा परेको छ । वादविवाद, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ, तर परिणाम तपाईंकै पोल्टामा आउने छ । बन्दव्यापार र उद्योगधन्दामा फाइदा छ । वैदेशिक प्रयोजनको वा लामो दूरीको यात्राका लागि प्रयास हुने सम्भावना छ । मनमा उल्लास, हर्ष र आनन्दको वातावरण प्राप्त हुनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह –
प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने मुद्दामा पनि विजय सम्भावना छ। प्रयत्न गर्दा काम बन्नेछ। तर प्रतिस्पर्धीले अलि दुःख दिनेछन्। खर्चिलो काम थाल्नाले बीचमा समस्या पर्न सक्छ। आस देखाउनेहरूको भरले मात्र काम नबन्न सक्छ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो –
समय सुधारोन्मुख छ लगनशिलता बढाउनु होला कामले गति लिनेछ । बाह्य कुरामा बढि ध्यान जान सक्छ जसका कारण उपलब्धि गुमाउने अवस्था आउनेछ । हेलचक्र्याई नगर्नु होला । राजनैति हतियार प्रयोग गरेर काम गर्ने सपना नदेख्नु होला । पढाई लेखाई प्रगति हुनेछ । पारिवारिक समस्यबाट पूर्ण मूक्ति मिल्ने छैन ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे –
दाजुभाई तथा छिमेकिबाट सहयोग तथा उपाहार प्राप्तिको योग रहेकोछ । आफन्त तथा मनपर्ने साथिका साथ छोटो,रमाईलो तथा अर्थपुर्ण यात्रा हुने हुनाले मन प्रशन्न रहनेछ । न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा हुनेछ भने सत्रु परास्त हुनेछन् । खोज तथा अनुशन्धानको क्षेत्रबाट सकारात्मक नतिजा निकाल्न प्रशस्त समय खर्चनु पर्नेछ । आफूलाई मन पर्ने भौतिक सम्पती जोड्न पाउदा मन हर्सित हुनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो –
व्यापारबाट लाभ पाइने छ । कृषि, वन र माटोसम्बन्ध व्यवसायीले लाभ प्राप्त गर्नेछन् । प्रशस्त धन आर्जन गर्ने अवसर पाउनुहुनेछ । मानप्रतिष्ठा र ख्याति बढ्ने समय आएको छ । घुमघाम र भेटघाटको समय छ, मेवामिष्ठान्न र परिकार मिल्नेछ । नातागोताको कामधन्दा गर्दा सन्तुष्टि प्राप्त हुनेछ । दिन ढल्दैजाँदा विशिष्ट व्यक्तिसँगको सामीप्यता बढ्ने छ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते –
अरूका लागि बुद्धि र धन खर्चनुपर्नेछ। समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। ईर्ष्या गर्नेहरूले सताउनेछन् भने पहिलेकै काम दोहोर्याउनुपर्ने स्थिति पनि आउन सक्छ। नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्। वादविवादमा अघि नसर्नुहोला। पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ। आवश्यकता पूरा गर्न केही रकम सापट लिनुपर्ला।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु –
सन्तुलनमा काम गर्नु होला । आफुमा भएको उर्जाको प्रयोग गर्न सके उपलब्धि हात लाग्नेछ । कर्म प्राप्तिको लागि जमेर नै लाग्नु पर्नेछ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । राज्य सँग सम्बन्धित काम विस्तारै अगाडि बढाउनु होला । अर्थ अभावको महशुस हुनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे –
साथिभाई तथा नातागोताबाट सहयोग पाइने हुनाले हरेक क्षेत्रमा अगाडी बढ्न सकिनेछ । भौतिक सम्पती तथा सवारी साधन जोड्न सकिनेछ । माया प्रेममा आत्मियता बढ्नेछ भने पति पत्नी विच मायाको डोरो कसिलो भएर जानेछ । पैत्रिक धन तथा सरकारी सम्पती प्रयोग गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि –
व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुँदैन, मिहिनेत गरेबमोजिम आम्दानी बढाउन सकिने छ । ठूलाबडाको आशीर्वाद प्राप्त भएमा कार्य सम्पन्न हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । सामाजिक क्षेत्रमा काम गर्नेका लागि वर्चस्व स्थापना गर्न सकिने दिन छ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द –
प्रयत्न गर्दा दिगो फाइदा हुने काम प्रारम्भ होला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। तर, द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। अरूको विश्वासमा गर्दा धोका पाइएला। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। नियमित कामलाई निरन्तरता दिन सकिनेछ। मिहिनेतले अवसर दिलाउन सक्छ। काम गरेर धेरैको मन जित्न सकिनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि –
समय अनुकुल बन्नेछ । अनावस्यक खर्चमा कमि आउनेछ । भोज भतेर सभा सम्मेलनमा भाग लिने अवसर मिल्नेछ । समयमा परिश्रमपूर्व गरेका काम सफल हुनेछन् । दामपत्य जीवन सुख मिल्नेछ । सामाजिक उचाई बढ्नेछ । पराक्रम घट्ने छैन । व्यापार व्यवसायबाट आय आर्जन सन्तोषजनक होला । पढाई लेखाईमा थोरै ध्यान जानेछ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्