सुरक्षा गार्डमा को’रोना पुष्टि, रेखालाई भाइ’रसको संक्रमण भए नभएको अन्योल

बलिउडकी अभिनेत्री रेखाको सुरक्षा गार्डमा को’रोना संक्रमण पुष्टि भएसंगै उनको बंगला सील गरिएको छ ।

यसै सिलसिलामा रेखा पुनः एकपटक सञ्चार माध्यममा चर्चाको बिषय बनेकी छिन् । उनका सुरक्षा गार्डमा को’रोना पुष्टि भयो तर रेखालाई भाइ’रसको संक्रमण भएको हो वा होइन भन्ने विषयमा भने कुनै तथ्य बाहिर आएको छैन ।

घरमा को’रोना संक्रमित भेटिएपछि उनको घर बाहिर बीएमसीले कन्टेन्मेन्ट जोकको बोर्ड समेत लगाएको छ । रेखाले आफूलाई संक्रमण भए नभएको कुनै आधिकारिक जानकारी दिएकी छैनन् । यद्यपि, उनले को’रोना भाइ’रसको परीक्षण भने गराएको बताएकी छिन् ।

अभिनेत्री रेखाका म्यानेजरले बीएमसीलाई दुई दिनभित्र को’रोना परीक्षण गरे रिपोर्ट बीएमसीलाई पठाउने बताएका छन् ।

यसैबीच, सुरक्षा गार्डमा संक्रमण भेटिएपछि रेखाको घर सेनिटाइज गर्न बीएमसीका कर्मचारी गएका थिए । सात दिनसम्म लगातार ढोका ढक्ढक्याउँदा पनि गेट नखुलेपछि उनको घर सेनिटाइज गर्न समस्या भएको बीएमसीले जनाएको छ ।

भारतीय सञ्चार माध्यमहरुले रेखाको घर सेनिटाइज गर्ने काम भइसकेको समेत उल्लेख गरेका छन् । एजेन्सी

सम्बन्धित समाचार :-

बलिउडकी दिग्गज अभिनेत्री रेखाले बीएमसीका अधिकारीलाई आफ्नो बंगलाभित्र प्रवेश नदिएको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ ।

केही दिन अघि रेखाका सुरक्षाकर्मी लगायत केही कर्मचारीमा को’रो’ना संक्र’मण पुष्टि भएको थियो । उनीहरुलाई थप उपचारका लागि बीएमसीले को’भिड–१९ बिरामीका लागि प्रदान गर्दै आएको स्थानमा सारिएको छ ।

रेखाको सी स्प्रिङ्ग्स नामको बंगलालाई कन्टे’न्टमेन्ट जोन भनेर सम्बन्धित अधिकारीले सील गरेका छन् । पिंकभिल्लाको एक रिपोर्ट अनुसार बीएमसीका अधिकारी रेखाको बंगला पुग्दा रेखाकी म्यानेजर फरहानाले कुरा गरेकी छिन् ।

त्यसपछि उनले आफ्नो नम्बर दिँदै केही प्रक्रिया गर्नुअघि आफूलाई जानकारी दिन भनिन् । पछि जब फरहानालाई फोन गरियो तब उनले रेखाको स्वास्थ्य स्थिती निकै ठिक भएको र उनी कसैसँगको सम्पर्कमा नआएकोले को’भिड–१९ को परीक्षण गर्न रेखा इच्छुक नभएको जानकारी दिइन् ।

यतिमात्रै होइन, बीएमसीले रेखाको घर स्यानिटाइज गर्नका लागि आफ्नो समूह पठाउँदा पनि उनीहरुलाई बंगलाभित्र प्रवेश गर्न नदिएको बताइएको छ ।

यसअघि हिन्दुस्तान टाइम्समा प्रकाशित एक रिपोर्टका अनुसार रेखा बीएमसी अधिकारीमार्फत् आफ्नो को’रो’ना परीक्षण गर्न चाहन्नन् । उनले आफ्नै तरिकाले परीक्षण गर्ने र रिपोर्ट सम्बन्धित निकायमा पेश गर्ने बताइएको छ । एजेन्सी

रेखा
रेखा

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्