सुन काण्ड अनुसन्धान थप जटिल: सिसिटिभी फुटेज र बताइएको घटनास्थल फरक

काठमाडौं, १५ साउन। कमलादीमा काठमाडौं प्रहरीले १५ किलो सुन भनेर बरामद गरेको पहेँलो धातु सम्बन्धी अनुसन्धान विवादमा तानिएको छ । प्रहरीले गरेको ‘सुन अप्रेशन’ छानविन समितिका संयोजक फेरिएका छन्। घटनामा काठमाडौं प्रहरी परिसर र महानगरीय प्रहरी वृत्त, दरबारमार्गको गम्भीर लापरबाही देखिएको छ ।

कमलादीस्थित नविल बैंक मोडबाट गत मंगलबार प्रहरीले बरामद गरेको साढे १४ किलो चाँदी, आधा किलो सुन र २ थान पेस्तोलको अनुसन्धान थप जटिल र शंकास्पद बन्दै गएपछि छानविनका लागि महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मनोज यादवको नेतृत्वमा गठन गरेको समितिले पनि अनुसन्धान अधिकृतको कमजोरी देखिएको प्रारम्भिक निष्कर्ष निकालेको थियो।

महानगरीय प्रहरी कार्यालयले हिजो (बुधवार) अपराध महाशाखाका एसएसपी संयोजक रहेन गरी पाँच सदस्यिय समिति बनाएको थियो । तर, बिहीबार विहान दीपक थापाको स्थानमा प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) सुशीलकुमार यादवलाई संयोजक तोकेर समिति पुनर्गठन गरिएको छ ।

दरबारमार्ग वृतका डीएसपी रन्जन दाहाल नेतृवत्को टोलीले गरेको “सुन अप्रेसनको” घटनास्थल नै परिवर्तन गरिएको खुलासा भएको छ । घटनास्थल सुन्धारा भए पनि काठमाडौँ प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीको निर्देशनमा क्राइम सिन परिवर्तन गरिएको महानगरीय प्रहरी कार्यालयका एक अधिकृतले जानकारी दिएका छन् ।

‘सिसिटिभी फुटेज विष्लेषण गर्दा घटनास्थल परिवर्तन गरिएको देखियो,’ महानगरीय प्रहरी कार्यालयका ती अधिकृतले भने । काठमाडौं प्रहरी प्रमुख ज्ञवालीले पत्रकार सम्मेलन गरेर कमलादीस्थित नविल बैंक मोडबाट साढे १४ केजी चाँदी र आधा केजी सुन बरामद गरिएको बताएका थिए । तर, ज्ञवालीले दावी गरेको ठाउँमा नविल बैंक नै नभएको अनुसन्धानबाट खुलेको छ ।

सुशील कुमार यादवको संयोजकत्वमा समिति पुनर्गठन भएको महानगरीय प्रहरी कार्यालयका डिआइजी विश्वराज पोखरेलले जानकारी दिएका हुन्। उनका अनुसार, थापालाई छानविन समितिको सदस्यमा राखिएको छ। समितिका अर्का सदस्य एसएसपी किरण बज्राचार्यलाई पनि हटाइएर बज्रचार्य महानगरीय प्रहरी कार्यालयले बनाएको अर्को एउटा समितिको संयोजक गरेको पोखरेलले बताए ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्