सुनसरीको सीमावर्ती क्षेत्रमा नेपाल प्रहरी र भारतीय तस्करबीच गो’ली हानाहान

सुनसरी, ०२ साउन। सुनसरीको सीमावर्ती क्षेत्रमा नेपाल प्रहरी भारतीय समूहबीच गोली हानाहान भएको छ। गोली हानाहान हुँदा दुई जना तस्कर घाइते भएका छन् भने अन्य तीन जना फरार भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

घटना बिहीबार अबेर साढे ८ बजेपछि भएको थियो। सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाका अनुसार सुनसरीको देवानगञ्जमा गोली चलेको हो। हतियार बोकेको समूह रहेको थाहा पाएपछि देवानगञ्ज पुगेको प्रहरीमाथि सो समूहले गोली चलाएको एसपी थापाले बताए। सो समूहले गोली चलाउँदै दशगजातर्फ गएकोसमेत उनले बताए।

घटनामा देवानगन्ज–२ का राजेश यादव र ३ का पिन्टु यादव घाइते भएका छन् । घाइते भएका दुवै जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिएका छन्।

भारतीय क्षेत्रबाट बिआर ३८ भि ३५२८ नम्बरको मोटरसाइकल र वनटेष्ट होण्डा साइन १२५ सिसिको मोटरसाइकलमा भारतीय क्षेत्रबाट आएका तस्करलाई गोप्य सूचनाको अधारमा जेकजाँच गर्ने क्रममा सुनसरीको सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिका–३ स्थित पानी ट्याङ्की नजिक गोली हानाहान भएको सुनसरीका प्रहरी उपरीक्षक थापाले बताएका हुन्।

हतियार लिएर आइरहेकाबाट प्रहरीले हतियार खोस्न थालेपछि प्रहरीमाथि भारतीय समूहले गोली चलाएको प्रहरी उपरीक्षक थापाले बताए । सोही क्रममा प्रहरी र भारतीय तस्कर समूहबीच झडप भएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनास्थलबाट एउटा पेस्तोल, ६ राउन्ड गोली र २ वटा म्यागजिन बरामद गरेको जनाएको छ। सो समूहमा एसपी थापाले नेपाली र भारतीय हतियार तथा लागु औषध तस्करहरु रहेको बताएका छन्। उनले भने, ‘यो समूह हतियार र लागु औषधको तस्कर हो। केहीलाई नियन्त्रणमा लिएका छौं। बाकी अनुसन्धान जारी छ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्