सुनबाट बनेको विश्वकै पहिलो होटल, खाना खाने भाँडासमेत सुनले लेपन गरिएको

दुनियाँमा कैयौ यस्ता होटलहरू छन्, जो आफ्नो अनौंठो खाले बनावटका कारण चर्चित छन् । भियतनामको राजधानी हनोइमा हालै एउटा यस्तो होटल खुलेको छ, जुन सुनबाट बनेको विश्वकै पहिलो होटल हो ।

उक्त होटेलको नाम डोल्से हनोइ गोल्डेन लेक हो । २५ तले उक्त फाइभ स्टार होटलमा ४ सयवटा कोठाहरू रहेका छन् । उक्त होटलको बाहिरी भित्तामा पनि ५४ हजार वर्गफिटमा सुन लेपन गरेका टायल लगाइएको छ ।

होटलका झ्याल ढोकादेखि फर्निचर, बाथरुम, ट्वाइलेट मात्र होइन खाना खाने कप प्लेटलगायतका भाँडासमेत सुनले लेपन गरिएको छ ।

‘डोल्से हनोइ गोल्डेन लेक’ नाम दिएको फाइभ स्टार उक्त होटल २५ तले भवनमा छ । चार सयवटा कोठाहरू रहेका छन् ।

बेडरूमका फर्निचर, वासरुम, बाथटब, सिंक तथा सावरलगायतका सबै सामानहरू सुनले लेपन गरिएको छ ।

सन् २००९ बाट निर्माण सुरु भएको होटलको बाहिरी भित्तामा पनि ५४ हजार वर्गफिटमा सुन लेपन गरेका टायल लगाइएको छ ।

कर्मचारीहरुको पोसाक समेत रातो तथा सुनौलो रङको छ । जुन निकै आकर्षक र रंगिन देखिएको छ ।

होटलमा एक रात विताउन ३२ हजार रुपैयाँ देखि ७ लाख ३२ हजार रुपैयाँ तिर्नुपर्छ । होटलमा विभिन्न ६ खाले कोठा र बेडरुम सुइट छन् । एजेन्सी

हेर्नुहोस पुरा भिडियो

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्