फेरि बढ्यो ५०० रुपैयाँले सुनको मूल्य पर्ति तोलामा

काठमाडौं ११ साउन। पछिल्लो केही दिनदेखि सुनको मूल्य लगातार बढ्दै गएको छ ।  आज (आइतबार) सुन तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कारोबारको अन्तिम दिन शुक्रबारको तुलनामा सुनको मूल्य आज तोलामा ५०० रुपैयाँले बढेको हो । 

महासंघले शुक्रबार सुनको मूल्य तोलामा ९५ हजार ८०० कायम गरेको थियो ।  यस्तै आइतबार तेजावी सुनको मूल्य ९५ हजार ८६० रुपैयाँ कायम भएको छ ।  यस्तै चाँदीको मूल्य ११५५ रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको महासंघले जनाएको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्