लामो दुरीका सार्वजनिक यातायात खुल्ला, यस्ता नियमहरु पालना गर्नैपर्छ

काठमाडौं, १ असोज । १ सय ७८ दिनको प्रतिबन्धपछि बिहीबार देखि मध्यम र लामो दूरीको यातायात सञ्चालन भएका छन् । कोरोनाभाइरस (कोभिड–१९) को महामारीसँगै चैत १० गतेदेखि सञ्चालनमा लगाइएको प्रतिबन्ध फुकुवा भएसँगै बिहीबारदेखि त्यस्ता सवारीसाधनको सञ्चालन सुरु भएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक भएपछि मंगलबारदेखि नै यातायात व्यवसायी र मजदूरहरु सवारीसाधन सञ्चालनको तयारी सुरु गरेका थिए । यातायात सञ्चालन सुरु भएपछि यतिबेला नयाँ बसपार्क, पुरानो बसपार्क क्षेत्रमा चहलपहल बढेको छ ।

सार्वजनिक सवारीसाधन सञ्चालन खुला गरे पनि अहिले कोरोनाको संक्रमण कम भएको भएको छैन । बुधबारमात्रै देशभर १ हजार ५ सय ३९ जना नयाँ संक्रमित भेटिएका छन् । यो अहिलेसम्मकै सबैभन्दा धेरै हो । संक्रमणसँग ‘लिभिङ टुगेदर’ कायम गर्ने भन्दै सरकारले यस्तो सेवा सञ्चालन खुला गरेको हो ।

केहि दिनअघि सार्वजनिक सवारी साधन सञ्चालन सम्बन्धि निर्णय गर्दै उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरले उपत्यकाभित्र जोरविजोर प्रणालीमा १६ सिट भन्दा माथिका सवारीलाई मात्र सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।

त्यस लगत्तैको गत सोमबार बसेको मन्त्रिपरिषदको निर्णयले भने आवश्यक स्वास्थ्य सुरक्षाकोे मापदण्ड अधिकतम प्रयोग गरी देशभरका सार्वजनिक सवारी सञ्चालनको अनुमति दिने निर्णय गरेको हो । तर त्यस्ता सार्वजनिक सवारी धानहरुले सरकारले जारी गरेको निर्देशिका अनिवार्य पालन गरेर मात्र सञ्चालन अनुमति पाउने छन् ।

लामो दुरीमा सञ्चालन हुने सवारी साधनले अनिवार्य सिट क्षमताको ५० प्रतिशत मात्र यात्रु राख्नु पर्ने, मास्क–सेनिटाइजर अनिवार्य हुनुपर्ने, बेलाबेलामा गाडीको डिस्इन्फेक्सन हुनुपर्ने लगायत स्थानीय सरकारको समेत नियम पालन गर्नु पर्ने छ ।

तर यसरी सञ्चालन हुने सार्वजनिक सवारी साधनले यात्रुहरुबाट साविकको भाड दर भन्दा थप ५० प्रतिशत बढी भाडा लिन पाउने व्यवस्था समेत गरेको छ । यसरी सञ्चालन हुने सवारी साधनहरु डी टु डी प्रणालीमा मात्र सञ्चालन हुन पाउने व्यवस्था गरिएको छ ।

यसअघिकै निर्देशिकामा थप केही सुधार गर्दै जारी गरिएको निर्देशिकाले लामो दुरीका सवारी साधनलाई डी टु डी (डेस्टिनेशन टु डेस्टिनेशन) नियम लागु गरिएको हो । सवेरए साधनहरुले बिचमा यात्राु चाढाउन र ओराल्न पाउने छैनन यद्यपी खाजा र खाना खान भने रोक्न पाउने छन । रोक्ने, बस्ने, खाजा खाने ठाउँमा हुल हुल्जत हुने सम्भावना रहेकाले त्यस्तो गतिविधि हुन नदिन स्थानीय सरकार मार्फत् ठाउँठाउँमा सुरक्षाकर्मीहरु खटाइने समेत बताइएको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्