सामूहिक बला’त्कार गर्ने दुई जना पक्राउ

काठमाडौं, १९ भदौ । प्रहरीले सामूहिक बला’त्कार गर्ने दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरि नगरपालिका–१ दहचोकमा १९ वर्षीया एक महिलामाथि सामूहिक बला’त्कार गर्ने दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मुगु घर भई चन्द्रागिरि बस्ने २८ वर्षीय लोकेन्द्रबहादुर मल्ल र मुगुकै २३ वर्षीय रतनबहादुर शाही रहेका छन उनिहरुलाई बिहीबार साँझ पक्राउ गरेको हो ।

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले एक महिलामाथि सामूहिक बला’त्कार भएको सूचनाका आधारमा प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको जानकारी दिए । पक्राउ परेका विरुद्ध मुलुकी अ’पराध संहिता, २०७४ को क’रणी सम्बन्धी क’सुर अन्तर्गत थप अ’नुसन्धा’न तथा कार’बाही हुने वृत्तले जनाएको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्