सामाजिक सञ्जालमा अश्लिल भिडियो बनाएर पठाउने एकजना पक्राउ

काठमाडौं, १७ साउन । प्रहरीको साइवर ब्यूरोले अश्लिल भिडियो बनाएर सामाजिक सञ्जालमा पठाउने एकजनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले तनहुँ भानु नगरपालिकाकी १३ वर्षीया बालिकाको फेसबुकमा नक्कली आइडी बनाएर आफन्तलाई पठाउने तनहुँका सविनराज मिश्रलाई शुक्रबार पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले १३ वर्षीया एक बालिकाको फोटो प्रयोग गरी नक्कली फेसबुक खोलेर अश्लिल फोटो तथा सन्देश बालिकाको दिदी तथा आफन्तलाई पठाउने कार्यमा संलग्न रहेकाले मिश्रलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ परेका मिश्र यसअघि पनि विद्युतीय कारोवार ऐन, २०६३ को कसुरमा जिल्ला अदालत काठमाडौँबाट रु एक लाख तिरेर धरौटीमा छुटेका व्यक्ति भएको ब्यूरोले जनाएको छ । पक्राउ परेका मिश्रलाई काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता अर्यालले जानकारी दिनुभयो । रासस

यो पनि पढ्नुहोस् :-

वीरगन्ज, १७ साउन । सांसद प्रदीप यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा हिजो गरिएको परिक्षणमा यादवलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

यसअघि वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीलाई पनि कोरोना पुष्टि भएको थियो । यादवले संक्रमण पुष्टि भएको जानकारी फेसबुकमार्फत गराउनु भएको हो ।

जनता समाजवादी पार्टी नेपालका सांसद यादवसंगै उनका निजी सुरक्षाकर्मी र चालकको पनि संक्रमण पुष्टि भएको हो । सांसद यादवसंगै पर्सामा कोरोनाका संक्रमितको संख्या ६४ पुगेको छ । संक्रमितमध्ये ३ महिला र ६१ पुरुष छन् ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्