सानी छोरी र बुहारीले अस्पतालबाट मुक्ति पाउँदा मैले आफ्नो आँसु रोक्न सकिनँ : अमिताभ बच्चन

बलिउड अभिनेता अमिताभ बच्चन र उनको परिवार कोभिड–१९ पोजेटिभ देखिएपछि अस्पतालमा भर्ना भएका थिए । तर ऐश्वर्या राय बच्चन र आराध्या बच्चनको परीक्षण नेगेटिभ आएपछि उनलाई अस्पतालबाट छुट्टी दिइएको छ ।

अब ऐश्वर्या र आराध्या घरमा नै बस्नेछन् जबकि अमिताभ र अभिषेक बच्चन केही दिन थप डाक्टरको निगरानीमा बस्नुपर्नेछ । अभिषेक बच्चनले यसबारे जानकारी दिएका हुन् ।

यता अमिताभ भने बुहारी र नातिनी ठिक भएपछि भावुक भएका छन् । अमिताभले ऐश्वर्या र आराध्या अस्पतालबाट डिस्चार्ज भएपछि आफ्नो आँसु रोक्न नसकेको जानकारी इन्स्टाग्राम मार्फत् दिएका छन् ।

उनले ऐश्वर्या र आराध्याको तस्बिर पोस्ट गर्दै लेखे, ‘आफ्नी सानी छोरी र बुहारीले अस्पतालबाट मुक्ति पाउँदा मैले आफ्नो आँसु रोक्न सकिनँ । प्रभु तिम्रो कृपा अपरम्पार ।’

अमिताभको यो पोस्टमा ११ लाख बढीले लाइक गरिसकेका छन् भने कतिले कमेन्ट गर्दै अमिताभको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्