साथीको ह’त्या आ’रोप लागेका फरार २३ वर्षीय युवक पक्राउ

काठमाडौँ, २६ कार्त्तिक। साथीको ह’त्या आ’रोप लागेका फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको गढी गाउँपालिका-१ का २८ वर्षीय कुमार भन्ने मानकुमार थिङ रहेका छन्।

अघिल्लो वर्षको साउनमा गुहे पोखरीमा उदयपुर कटारी नगरपालिका–२ गरासका ३३ वर्षका खड्काको आफ्नै सहयात्रीबाट ह’त्या भएको थियो । उनी ललितपुर बालकुमारीमा मुर्ती बनाउने काम गर्थे ।

उनलाई ललितपुरको बालकुमारी डेरा गरी बस्ने उदयपुर कटारी नगरपालिका-२ गुराँस घर भएका आफ्नै साथी ३३ वर्षीय हरि खड्काको ह’त्या गरेको आ’रोपमा प्रहरीले पक्राउ गरेको हो।

थिङले २०७६ साउन २८ गते ललितपुर महानगरपालिका-९ गुहे पोखरीमा खड्काको ह’त्या गरेको प्रहरीले जनाएको छ। महानगरीय अप’राध महाशाखा मीन भवनबाट खटिएको प्रहरीले मकवानपुर गढी गाउँपालिका-१ ठाँटीटोलबाट पक्राउ गरेको हो।

प्रहरी अनु’सन्धानमा मृतक खड्का र मुख्य अभियुक्त थिङबिच विगत नौ वर्षदेखि मुर्ती बनाउने काम गर्ने क्रममा एक आपसमा चिनजान भएको थियो । सोही क्रममा मृतकको श्रीमती र थिङबिचमा समेत चिनजान भई मोबाईलमा सन्देश आदान प्रदान भएको कुरा मृतकले थाहा पाई सोही विषयमा वि’वाद भएको थियो ।

अघिल्लो साउनको २५ गते ललितपुरको गुहे पोखरीमा मृतक खड्कालाई बोलाई थिङ समेतका व्यक्तिहरुले कुट’पिट गरेर ह’त्या गरी फरार भएका थिए । त्यसपछि भारत तथा नेपालका विभिन्न स्थानहरुमा लुकीछिपी बसेकोमा घट’नामा संलग्न धने भन्ने आरुष थिङ, मृतक खड्काकी श्रीमती विष्णु खड्का, दीपक बम्जन, राम बम्जन र सागर वाइवालाई प्रहरीले यसअघि नै पक्राउ गरेको थियो।

थिङलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको महानगरीय अप’राध महाशाखा मीन भवनले जनाएको छ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्