सागर रेग्मीको शब्द सिर्जनामा खुचिङ्ग खुचिङ्ग गीत सार्वजनिक (भिडियो सहित)

आफ्नी प्रेमिकालाई धोका दिएर आर्कैसंग बिहे गर्न लाग्दा जग्यबाट बेहुली भागेपछी बेहुला र उनकी पूर्व प्रेमिका बिचको रमाइलो प्रशंग बोलिएको गीत ‘खुचिङ्ग खुचिङ्ग’ युट्युबमा सार्वजनिक भएको छोटो समयमा नै दर्शकको राम्रो प्रतिकृया बटुल्न सफल भएको छ ।

प्रबिशा अधिकारी र योगेश पानको आवाज रहेको गीतमा सागर रेग्मीले शब्द तथा डि.आर सुजनले लय सिर्जना गरेका हुन । रोशन राज धोनीको प्रस्तुती रहेको गीतको हेमन्त शिशिरले संगीत संयोजन गरेका हुन ।

जि.बी आग्रीको निर्देशनमा तयार पारीएको गीतको म्युजिक भिडियोमा रुबिना अधिकारी, अन्जु बिक, राज धोनी, दिपेन्द्र श्रेष्ठ, माया थामी, भिम खड्का, सन्तोष मग्राती लगायतलाई देख्न सकिन्छ । प्रबिण थापाले कोरियोग्राफी गरेको गीतको भिडियो छायांकन दिपक गिरीले गरेका हुन भने सम्पादन सिलन लम्सालले गरेका हुन ।

गीतको पुरै भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् :-

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्