सवारी दुर्घटनामा न्यूज २४ टेलिभिजनको बुटवल सम्बाददाता पाण्डेको मृत्यु

रुपन्देही, १४ असार । बुटवल भैरहवा सडक खण्डको तिलोत्तमा १ ड्राइभरटोलमा मध्यराति भएको सवारी दुर्घटनामा बुटवलका एक पत्रकारको मृत्यु भएको छ । आँफैले चलाएको कार दुर्घटनामा परी न्यूज २४ का बुटवल संवाददाता कृष्णबाबु पाण्डेको मृत्यु भएको हो ।

बुटवलदेखि आफ्नो निवास नयामिलतर्फ जाँदैगर्दा बा७च ६९५९ नम्बरको कार दुर्घटनामा परी घाइते भएका पाण्डेको बुटवलको चौराहा अस्पतालमा उपचारकै क्रममा शनिबार राति नै मृत्यु भएको हो । कार सडक बाट अनियन्त्रित भाई सडक किनारको फलामे बारमा ठोक्कीदा दुर्घटना भएको जनाइएको छ ।

विगत एक दशकदेखि रुपन्देहीमा रहेर सञ्चार क्षेत्रमा आबद्ध पाण्डेले दर्जनौँ म्युजिक भिडियोहरुमा पनि खेलेका छन । उनी न्यूज २४ को बुटवल सम्बाददाता थिए । पाण्डे पावर न्यूज नेपाल डटकमका सञ्चालकसमेत हुन् । उनको शवलाई पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशीक अस्पतालमा लगिएको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्