सलह किरा सङ्कलन गरे वापत सरकारले प्रतिकिलो २० रुपैयाँ दिने

बुटबल, १४ असार। सलह किरा सङ्कलन गरे वापत सरकारले प्रतिकिलो २० रुपैयाँ दिने निर्णय गरेको छ । शनिबार प्रदेश ५ मा सलह किरा देखिएपछि प्रदेशसरकारले एक किलो सलह किरा संकलन गरेर ल्याएवापत २० रुपैयाँ दिने निर्णय गरेको हो ।

उक्त सलह किरालाइ संकलन गरेर स्थानीय तहमा बुझाउने र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमार्फत प्रोत्साहन स्वरुप उक्त रकम उपलब्ध गराउने भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयले जनाएकाे छ ।

सलह किरा पनि सामान्यतया दिउँसोमा उड्छ भने साँझमा बास बस्छ। बास बसेका बेलामा समातेर जम्मा गरेर बुझाएमा क्षति रोकिनुका साथै मिहेनत वापत प्रोत्साहन रकम दिने मन्त्रालयले जनाएको हो ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्