सरकार ढाल्न भारत र पार्टीकै नेताहरुको चलखेल: प्रधानमन्त्री ओली

काठमाडौं, २० असार। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ । असार २० का लागि तय भएको बैठक असार २१ “सोमबार”सम्मका लागि स्थगित भएको हो ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष समेत रहेका केपी शर्मा ओलीले गम्भीर छलफल गर्नुपर्ने भन्दै थप समय मागेपछि नेताहरु बैठक स्थगित गर्न सहमत भएका हुन् । स्थायी कमिटीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र ओलीलाई छलफलबाट निष्कर्ष निकाल्न जिम्मेवारी दिएको छ ।

शुक्रबार गरिएको छलफलमाओली, प्रचण्ड, विष्णु पौडेल र जनार्दन शर्माबीच बालुवाटारमा भएको छलफलमा ओलीले बिबिध कारण देखाउदै आफूले कुनै पनि पद नछोड्ने अडान राखेका छन् ।

ओलीले आफ्नो सरकार ढाल्न भारत र पार्टीकै नेताहरुको चलखेल बढेको अभिव्यक्ति दिएपछि जारी स्थायी समिति बैठकमा ओलीको चर्को आलोचना भएको थियो भने उनको प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा माग भएको छ। सोहि विवादका कारण ओली एकातिर र अर्का अध्यक्ष प्रचण्डसहितका सचिवालयका ६ नेता अर्कातिर भएका छन् ।

प्रधानमन्त्री ओलीले गत आइतबार दिएको विवादास्पद अभिव्यक्तिका कारण नेकपाभित्र विवाद उग्र बनेको थियो।नेताहरुबीच विवाद कायमै रहेका बेला प्रम ओलीले थप समय मागेका हुन् ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *