सरकारले भारतसँग २० लाख डोज खोप किन्ने निर्णय

काठमाडौँ, ५ फागुन । सरकारले भारतसँग कोरोना भाइरस विरुद्धको खोप ‘कोभिशिल्ड’ खरिदका लागि स्वीकृति प्रदान गरेको छ । सरकारले प्रति भ्याक्सिन ४ डलरका दरले भ्याक्सिन खरिदका लागि अनुमति दिएको हो ।

यससँगै अबको केही सातामै खोप नेपाल आइपुग्ने गरी मन्त्रि परिषद्ले निर्णय गरेको हो । मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रि परिषद् बैठकले २० लाख डोज भ्याक्सिन खरिदका लागि स्वीकृति प्रदान गरे सँगै अब खरिद गर्ने बाटो खुलेको छ ।

यसका लागि सरकारले अग्रिम भुक्तानी दिने निर्णय पनि गरेको छ । यस अघि सिरम इन्स्टिच्यूट सँग एक डोज खोपको ४ डलरमा खरिद गर्ने सहमति भए पनि भुक्तानीको विषयमा खरिद प्रक्रिया अघि बढ्न सकेको थिएन ।

यसअघी भने भारतले अनुदान स्वरुप नेपाललाई १० लाख डोज कोरोना भाइरस विरुद्धको खोप दिइसकेको छ । यहि माघ १४ गतेदेखि भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख मात्रा खोप लगाउन थालिएको हो ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्