सफलतापुर्बक रुसले प्रयोगमा ल्यायो कोरोना बिरुद्दको पहिलो खोप डब्लुएचओ अझै असन्तुष्ट

काठमाडौं, २८ साउन। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस बाट सबै प्रत्यक्ष अप्रत्यक्ष रुपमा प्रभावित छन्। विभिन्न देशमा कोरोना भाइरसको खोप बनाउने काम भईरहँदा रुसले पनि कोरोना विरुद्धको खोप तयार गरेको छ ।

यो कोरोना भाइरस विरुद्धको विश्वकै पहिलो खोप हो, जुन तयार भैसकेको छ। रुसी राष्ट्रपति भ्लादमिर पुटिनले मंगलबार कोरोना विरुद्ध संसारको पहिलो खोपको सफल परीक्षण भएर मान्यता दिइएको बताएका छन् ।

रुसको गामालिया रिसर्च सेन्टरले बनाएको उक्त भ्याक्सिनलाई रुसको स्वास्थ्य मन्त्रालयले मान्यता दिएको हो। पुटिनले कोरोना विरुद्धको खोपबारे मंगलबार मस्कोमा सरकारका मन्त्रीहरुलाई जानकारी दिएका थिए। उनले यो भ्याक्सिन उनकै छोरीमा समेत प्रयोग गरिएको त्यहाका संचार माध्यमले जनाएको छ।

पुटिनले खोपको सफल परीक्षण भइसकेको र कोरोना विरुद्ध लड्नका लागि रोग प्रतिरोधात्मक क्षमता पनि विकास गरेको उल्लेख गरेका छन्। उक्त खोप एडिनोभाइरससँग आधार भएर तयार गरिएको र खोपमा (कोभिड-१९) का मृत तत्व रहेको र यिनीहरु वृद्धि हुन नसक्‍ने गामालिया रिसर्च सेन्टराका प्रमुख एलेक्जेन्टर गिन्चबर्गले बताएका छन् ।

सम्बन्धित खबर – डब्लुएचओको यस्तो प्रतिक्रिया:

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले रुसले विकसित गरेको भ्याक्सिनको मूल्यांकन गर्न यसबारे केही जानकारी नभएको बताएको छ । विश्व स्वास्थ्य संगठनअन्तर्गत पर्ने पेन–अमेरिकन हेल्थ अर्गनाइजेशनका सहायक निर्देशक जरबास बारबोसाले भने, ‘रुसले भ्याक्सिन बनाउन सुरु गर्नेछ भन्ने सुनेको छु । तर जबसम्म थप ट्रायल पूरा हुँदैन तबसम्म यस्तो गर्न हुँदैन ।’

भ्याक्सिन बनाउने जो सुकैले पनि यो प्रक्रियाको पालना गर्नुपर्छ र भ्याक्सिन सुरक्षित भएको र विश्व स्वास्थ्य संगठनले सिफारिश गरेको भनेर सुनिश्चित गर्नुपर्छ । गत हप्ता विश्व स्वास्थ्य संगठनले रुसलाई कोरोना विरुद्धको भ्याक्सिन बनाउनका लागि अन्तर्राष्ट्रिय दिशानिर्देशको पालना गर्न आग्रह गरेको थियो ।

अन्य देश कोरोना भ्याक्सिन बनाउन कति नजिक ?

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले उनको वैज्ञानिकले कोरोना भाइरसको यस्तो भ्याक्सिन तयार गरेको दाबी गरेका छन् जुन कोरोना भाइरसका लागि अत्यधिक प्रभावकारी छ । यो खोपलाई मानिसमा दुई महिनासम्म परीक्षण गरिएको र सुरक्षा मापदण्डमा खरो उत्रिएको दाबी गरिएको छ ।

यो भ्याक्सिनलाई रुसके स्वास्थ्य मन्त्रालयले पनि मञ्जुरी दिएको छ । अब रुसमा धेरैभन्दा धेरै व्यक्तिलाई यो भ्याक्सिन दिन सुरु गरिने बताइएको छ । यद्यपि, रुसले जुन तीब्र गतिमा कोरोनाको भ्याक्सिन हासिल गरेको दाबी गरिरहेको छ त्यसले वैज्ञानिकको जगतमा चिन्ता निम्त्याएको छ ।

तर भ्याक्सिन बनाउने होडबाजीमा लागेको रुस पहिलो देश भने होइन । सयभन्दा बढी भ्याक्सिन सुरुवाती चरणमा छन् र २० भन्दा बढी भ्याक्सिन मानिसमाथि परीक्षण भइरहेको छ ।

अमेरिकामा ६ प्रकारको भ्याक्सिनमाथि काम भइरहेको छ र अमेरिकाका चर्चित कोरोना भाइरस विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले पनि वर्षको अन्तसम्म अमेरिकासँग एक सुरक्षित र प्रभावकारी भ्याक्सिन हुने बताएका छन् ।

ब्रिटेनले पनि कोरोनाभाइरस भ्याक्सिनको विषयमा चार सम्झौता गरेको छ । एस्ट्राजेनेकाले कोरोना भ्याक्सिनको १० करोड खुराक तयार गरिरहेको छ । अक्सफोर्ड युनिभर्सिटीमा वैज्ञानिक काम गरिरहेका छन् र औषधी कमपनी जिएसके र सनोफी पनि यसको उपचार खोजिरहेको छ ।

मंगलबार इन्डोनेशिया र मेक्सिकोले आफ्नो देशमा पनि कोरोना भ्याक्सिनको अन्तिम चरणको क्लिनिकल ट्रायल चलिरहेको बताएका छन् । बिबिसी

भिडियो हेर्नुहोस्

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्