सङ्खुवासभा, २७ असार। सङ्खुवासभाको सिलिचोङ गाउँपालिका १ सिसुवाखोलामा पहिरोले ८ घर बगाएको छ भने पहिरोमा पुरिएर ११ जना बेपत्ता भएका छन्। बेपत्ता भएका ९ जनाको खोजी कार्य भइरहेको जानकारी आएको छ।
भारि बर्षाले निम्त्याएको पहिरोले ८ घर बगाएपछी इटहरी पूर्वी पृतना सैनिक मुख्यालयबाट सेनाको हेलिकप्टर घटनास्थलमा लैजाने तयारी भएकाे छ। मौसम खुल्नासाथ सेनाको हेलिकप्टर घटनास्थलमा जाने तयारी रहेको सेनाले जनाएको हो।
घटनास्थल तर्फ ताम्खुबाट नेपाली सेनाकाे एक टुकडी प्रस्थान गरेकाे पूर्वी पृतना सैनिक मुख्यालयले जनाएकाे छ ।
गए राती परेको अबिरल बर्षा पछी आएको पहिरोले सिसुवाखोलाका बासीन्दाको गाउँ पहिरोले बगाएकाे हाे।
अहिले पनि बर्षा हुने क्रम रोकिएको छैन। त्यहाका बासिन्दा चिन्तामा छन्। थप बिबरण आउन बाँकी छ।