‘संविधान मिच्ने ओलीले निर्वाचन गराउँछन् भनेर पत्याउनेलाई रामराम मात्र भन्न सकिन्छ’ : प्रकाशमान सिंह

पोखर, ३ फागुन । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ता’नशा’ही शासन तन्काउन निर्वाचनको घोषणा गरेको बताएका छन् । प्रतिनिधि सभा वि’घटन वि’रुद्ध गरेको देशव्यापी प्रर्दशनको क्रममा काँग्रेस कास्कीले पोखरामा आयोजना गरेको सभामा बोल्दै नेता सिंहले ओलीले नहुने निर्वाचनको मिति घोषणा गरेको बताएका हुन् ।

‘उनले ता’नशा’ही शासन तन्काउन हुनै नसक्ने चुनाव घोषणा गरे । शासन लम्बाउन कसैलाई प्रलोभनमा फसाउन सकिन्छ कि भनेर उनले चुनावको चाल चलेका हुन्’, सिंहले भने। उनले अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने विश्वास व्यक्त गरे ।

‘प्रतिनिधिसभा वि’घटनको मु’द्दा अहिले सर्वोच्च अदालतमा छ। अब न्यायमूर्तीहरुले न्याय दिँदा संविधानको व्यवस्था र भावनालाई हेरेर दिनुहुन्छ भन्ने विश्वास छ’, उनले भने, ‘हिजो राजा ज्ञानेन्द्रले शाही आयोग गठन गरे । त्यो बेला अदालतले त्यसलाई असंवैधानिक ठहर गर्‍यो । अहिले पनि असंवैधानिक ठहर गर्ने विश्वास छ । हिजो पनि सेटिङको कुरा थियो, आज पनि छ । तर सर्वोच्चले आफ्नो गरिमा कायम गर्ने गरी निर्णय गर्नेछ ।’

पुर्नवहाली भयो भने नेपालको राजनीतिक नेपालकै हातमा रहने तर वि’घटन सदर भयो भने मुलुकमा शक्ति केन्द्रहरुको चलखेल बढ्ने उनको भनाइ छ । उनले संसदीय व्यवस्थाको सुन्दर पक्ष चेक एन्ड ब्यालेन्स भएको बताए । कार्यपालिकाले व्यवस्थापिका माथि प्रहार गर्दा न्यायपालिकाले सच्चाउनुपर्ने उनको भनाइ थियो ।

उनले कसैले संविधान मिचेका ओलीले चुनाव गराउँछन् भनेर पत्याउँछन् भने त्यसलाई रामराम मात्र भन्न सकिने बताए । ‘संविधान मिच्ने ओलीले निर्वाचन गराउँछन् भनेर पत्याउनेलाई रामराम मात्र भन्न सकिन्छ। नेकपाले जनताको मतको अवमूल्यन गरेको छ’, उनले भने, ‘मै कानून हुँ, मै संविधान हुँ भन्ने ओलीको एक दिन राजा ज्ञानेन्द्रको झै हालत हुनेछ।’

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्