तपाईंको आज : २०७७ कार्तिक २१ शुक्रवारको राशिफल

२०७७ कार्तिक २१ शुक्रवार, षष्ठी – 06 Nov 2020

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ –
दिन रमाइलो गरी बित्नेछ । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । कुटुम्ब र भाञ्जाभाञ्जीसँग सुमधर सम्बन्ध कायम हुनेछ । पारिवारिक खुसी मिल्नेछ । आर्थिक पक्ष सुदृढ रहनुका साथै समस्याहरू समाधान हुनेछन् । महत्वपूर्ण स्थानमा बोली बिक्ने सम्भावना समेत छ । विभिन्न सामाग्री किनमेल गर्न आजको दिन राम्रो छ । स्वास्थ्य सबल छ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो –
सोख र हडबडीले केही समस्या निम्त्याए पनि ज्ञान, कला र व्यक्तित्वमा निखारता आउने समय छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट खानपानको अवसर प्राप्त हुनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहाेला। दिउँसोदेखि केही समस्या पनि देखा पर्नेछन्। विवादास्पद जिम्मेवारी आउनेछ भने खर्च बढ्ने सम्भावना छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह –
अरुको काममा समय बित्ने तथा अरुको काम गर्न खोज्दा आफ्नो काम थाती रहनेछ । व्यापार व्यावसायमा प्रशस्त समय लगानी गर्दापनि आम्दानी थोरै हुनेछ भने विदेशमा उत्पादित सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । यात्राको अधिक सम्भावना रहेकोछ भने विदेशी सस्था तथा नियोगतिर काम पाउने प्रशस्त सम्भावना रहेकोछ । सामान्य आँखा सम्वन्धी समस्याले सताउन सक्छ ध्यान दिनुहोला ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो –
सामान्यतया दिन अनुकुल नै देखिन्छ । कार्य तालिका बनाएर योजना अगाडि बढाउनु होला सफलताका सिढि चढ्न गाह्रो हुने छैन । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ । सहयोगी मित्र भेटिने छन् । साझेदारीमा काम नगर्नु होला । द्वन्दबाट टाढा बस्नु होला ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे –
बिहान धर्म, दर्शन र अध्यात्मतर्फ मन आकर्षण हुनेछ । आज कर्मक्षेत्रमा चन्द्रमाको प्रवेश हुँदैछ, त्यसैले बन्दव्यापार र कामधन्धाका क्षेत्रमा खट्ने समय आएको छ । लामो दूरीको यात्राका लागि अनुकूल समय छ । दाम्पत्यसुख, प्रेमसम्बन्ध तथा पारिवारिक स्थितिमा सुधार आउने छ । दीर्घकालीन व्यवस्थापनका क्षेत्रमा आर्थिक लगानी हुनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो –
केही विवादास्पद काम गर्नुपरे पनि धेरैको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनेछ र आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ। पराेपकारी कामले दाम, इनाम र प्रतिष्ठा दिलाउनेछ। दिउँसोदेखि व्यवसायतर्फ केही अलमल हुनेछ। आफ्नैले काममा बाधा पुर्याउनेछन्। विशेष याेजना सार्वजनिक नगर्नुहाेला। तत्काल फाइदा नहुने जिम्मेवारी वहन गर्नुपर्ने देखिन्छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते –
व्यापार व्यावसायमा आजको दिन लगानी नगर्नु नै राम्रो हुनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । बिद्यामा सफलता पाउन मिहिनेत गर्नुपर्ला । दिदि बहिनीबाट सहयोगको आश्वासन मात्र प्राप्त हुनेछ । भौतिक सम्पती तथा रुपैया पैसा हराउँन तथा लुटिन सक्छ ध्यान दिनुहोला । आर्थिक अपचलनको मुद्धा मामिला आई लाग्न सक्छ काम गर्दा ध्यान दिनु जरुरि देखिन्छ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु –
काम गर्ने वातावरण विस्तारै तयार हुनेछ । संघर्ष विना सपना साकार हुने छैनन । आयात निर्यात व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । ऋण मोचनको सम्भावना पनि देखिन्छ । पारिवारिक सहयोगमा वृद्धि हुनेछ । कार्य क्षमता बढ्नेछ । नयाँ योजनाको बारेमा विचार विमर्श हुनेछ । यात्राको योजना बन्नेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे –
बौद्धिक र चिन्तनमूलक क्रियाकलाप दिन बित्नेछ, घरपरिवार र सन्ततिपक्षको सहयोग मिल्नेछ । यसरी बिहान ज्ञानगुनका क्षेत्रमा मन आकर्षित भएपनि दिउँसोबाट प्रतिकूल समय सुरु हुनेछ । आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ । खर्च बढ्न सक्छ । रिसको कारणले असर पुर्याउने सम्भावना समेत छ । आत्मबल र संयमता गुमाउनु हुँदैन ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि –
कामको मेसो नमिल्दा केही अलमल हुनेछ। तापनि मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। विशेष काममा जग बसाउने मौका जुट्नेछ। दिउँसोदेखि अस्वस्थताले काम राेकिन सक्छ। खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला। समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन्, बुद्धिले लक्ष्य पहिल्याउन सकिनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द –
आत्मिय साथी तथा आफन्तसँग मनमुटाव बढ्नेछ । आमा तथा आमा सरहका मानिससँग बिवाद बढ्ने योग रहेकोछ । प्रतिस्पर्धीहरुले काममा अवरोध पु¥याउन सक्छन् ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा तपार्ईँ आफ्नै कारणले पछी पर्नु हुनेछ । सामान्य छाती सम्वन्धी समस्या आउन सक्छ ख्याल गर्नुहोला । राजनीतिमा जनताको समर्थन पाउन निकै नै मिहिनेत गर्नुपर्नेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि –
कर्म क्षेत्र छोडेर बाहिर नजानु होला । काममा विस्तारै सुधार आउनेछ । आर्थिक समस्या कम भएर जानेछन् । व्यापारमा क्रमिक सुधार आउनेछ । कार्य लगनशिलता विस्तारै बढ्नेछ । बोलीको विश्वासमा मात्रै अगाडि बढ्नु भयो भने दुख पाउनु हुनेछ । नोकरी तथा राजनीतिमा भूमिकाको खोजी हुनेछ । पढाई लेखाईमा भने कम ध्यान जानेछ ।

राशिफलले जे जस्तो भने पनि तपाईंको दिन शुभ रहोस् ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्