शनिबार देखि बेपत्ता भएकी एक महिला मृ’त फेला

काठमाडौं, ५ पुष । शनिबार देखि बेपत्ता भएकी बिर्तामोड निवासी एक महिला आज बिहान मृ’त फेला परेकी छिन् । बिर्तामोड नगरपालिका– २ चैतुवारी निवासी ४० वर्षीया दिनो राजवंशी घर नजिकैको खेतमा मृत फेला परेकी हुन् ।

स्थानीयवासीले भने ती महिलाको कसैले ह’त्या गरेर खेतमा शव छाडेको बताउँदै आएका छन् । प्रहरीले श’ङ्का’स्पद अवस्थामा महिलाको शव फेला परेपछि सङ्घीय एकाइ कार्यालय धरानबाट तालीम प्राप्त कुकुर ल्याएर अ’नुस’न्धान शुरु गरेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्