विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक गेब्रेयसिस पनि क्वारेन्टिनमा

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक टेड्रोस एडनम गेब्रेयसिस पनि क्वारेन्टिनमा बसेका छन् । आफूसँग सम्पर्कमा रहेका एक व्यक्तिमा आइतबार कोरोना संक्रमण पुष्टि भएपछि उनी सेल्फ क्वारेन्टिनमा बसेका हुन् ।

५५ वर्षीय गेब्रेयसिसले आफ्नो स्वास्थ्य अवस्था ठीक रहेको र कुनै लक्षण नदेखिएको जानकारी दिएका छन् । हालसम्म विश्वभर ४ करोड ६८ लाख ९ हजार २५२ जना कोरोना भाइरस बाट संक्रमित बनिसकेका छन् भने १२ लाख ५ हजार १९४ जनाले ज्यान गुमाइसकेका छन् । ३ करोड ३७ लाख ५३ हजार ७७० जना ठीक पनि भएका छन् ।

संक्रमणको हिसाबले अमेरिका सबैभन्दा शीर्ष स्थानमा रहेको छ भने भारत र ब्राजिल दोस्रो र तेस्रो स्थानमा रहेका छन् । त्यसपछि क्रमशः शीर्ष दश स्थानमा रुस, फ्रान्स, स्पेन, अर्जेन्टिना, कालम्बिया, बेलायत र मेक्सिको रहेका छन् । एजेन्सी

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्