विश्वमै सबैभन्दा लामो समय प्रधानमन्त्री रहेका प्रधानमन्त्री खलिफाको निधन

बहराइनका प्रधानमन्त्री खलिफा बिन सलमान अल खलिफाको निधन भएको छ । ८४ वर्षको उमेरमा उनको निधन भएको बहराइनको समाचार संस्था बहराइन न्युज एजेन्सीले बुधबार जानकारी दिएको छ ।

न्युज एजेन्सीका अनुसार बहराइनमा सबैभन्दा लामो समय प्रधानमन्त्री पदमा रहेर काम गरेका खलिफाको अमेरिकामा उपचारको क्रममा निधन भएको हो । उनी विश्वमै सबैभन्दा बढी सयम प्रधानमन्त्री पद सम्हाल्ने व्यक्ति भएको अल्जजिराले उल्लेख गरेको छ ।

खलिफा सन् १९७० मा बहराइनका प्रधानमन्त्री बनेका थिए । हालसम्म पनि उनी प्रधानमन्त्री थिए । मायो क्लिनिक हस्पिटलमा खलिफाको मृत्यु भएको बताइएको छ । उनको मृत्युको कारणबारे हालसम्म बहराइनको राजदरबारले कुनै विषय सार्वजनिक गरेको छैन ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्