विवाहको ९ दिनमै श्रीमानको इन्का’उन्ट’र गरी श्रीमतीलाई पठाइयो जे’ल

भारतीय प्रहरीले इन्का’उन्ट’रमा विकास दुबेलाई शुक्रबार मा’रेको छ । उनीविरु’द्ध गत साता बिहीबार उत्तर प्रदेशको कानपुरस्थित बिकारु गाउँमा ८ जना प्रहरीलाई मा’रेको अभि’योग थियो । यस मामिलामा प्रहरीले यसअघि नै ५ जनालाई इन्का’उन्ट’र गरिसकेको छ । विकास दुबेका सहयोगी तथा भाइ अमर दुबे दुई दिनअघि मात्रै इन्का’उन्ट’रमा मा’रिएका थिए । यतिमात्रै होइन अमर दुबेकी नवविवाहित श्रीमती खुसी दुबेलाई पनि प्रहरीले जे’ल पठाएको छ ।

प्रहरीले यी युवतीलाई पनि कुख्यात अप’राधको षड्य’न्त्रकर्ता ठहर गरेको छ । ‘बिहेपछि माइतीबाट छुट्टिएर घर आएको दुई दिनमा श्रीमान् तथा घरपरिवारलाई बुझ्न त सकिदैन भने नव बेहुली कसरी ह’त्याका’ण्डको षड्य’न्त्रकर्ता हुन्छिन् ?’ खुसीका माइती पक्षको प्रश्न छ । उनीहरुका अनुसार अमर दुबेको परिवारले गुमराहमा राखेर विवाह गरेका थिए ।

बिहेको तीन दिनपछि ह’त्या
२९ जुनमा अमर दुबे र खुसीको भव्य विवाह भएको थियो । तीन दिनपछि २ जुलाईमा ८ जना प्रहरीको ह’त्या भयो र विकास दुबे, अमर दुबेसहितका व्यक्तिको नाम ह’त्याका’ण्डमा मुछियो । खुसीका बाबु श्यामका अनुसार उनी रंग लगाउने काम गरेर पाँच बच्चासहित परिवारको गुजारा गर्छन् ।

उनले दुई छोरीहरुको विवाह गरिदिएका छन् र आफ्नो छोरीहरु राम्रो घरमा परुन् भन्नेमात्रै सपना थियो । खुसी कान्छी छोरी हुन् । आमा गायत्रीका अनुसार एक विवाह समारोहमा गएका बेला कुनै व्यक्तिले बिकरु निवासी अमर दुबेसँग आफ्नो दुई छोरीमध्ये एकको विवाह गराउन उनलाई प्रस्ताव गरेका थिए । झट्ट हेर्दा अमर राम्रा थिए, त्यसैले विहेको कुरा अघि बढाइयो । परिवारजन पनि बिना दाइजो नै कान्छी छोरी खुसीसँग विवाहका लागि राजी भयो । २९ जुनमा उनीहरुको विवाह भयो र ३० जुनमा उनी माइतीबाट बिदा भएर आफ्नो बिकरुस्थित घर गइन् ।

खुसीले आफ्ना पति र घरपरिवारलाई राम्ररी बुझ्न नपाउँदै २ जुलाईमा बिकरुमा प्रहरी ह’त्याका’ण्ड भयो । नयाँ जिन्दगी सुरु हुनअघि नै खुसीको सबै खुसी खतम भयो । परिवारजनका अनुसार विकास दुबे र उनीसँग जोडिएका अमर दुबेबारे टेलिभिजनमा समाचार सुनेपछि उनीहरुको होश नै गु’मेको थियो । उनीहरुलाई अमरविरुद्ध भएको इन्का’उन्ट’रबारे केही भन्नु छैन, तर निर्दोष छोरीमाथि सोच–विचार नगरी प्रहरीले गरेको कारबाहीबाट पुरै परिवार आहत छ ।

कारबाहीमा उठेका प्रश्न
१. के दुई दिनअघि माइतबाट आएकी नवविवाहिताले यति ठूलो षड’यन्त्र रच्न सक्छिन् ?
२. प्रहरीले नव विवाहितमाथि कार’बाही गर्नुअघि कसैसँग कुनै सोधपुछ किन गरेन ?
३ माइती पक्षसँग विकास दुबेको सम्बन्ध थियो या थिएन, यसको छानविन किन गरिएन ?

एजेन्सी

विवाहको ९ दिनमै श्रीमानको इन्का'उन्ट'र गरी श्रीमतीलाई पठाइयो जे'ल

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्