विरामी लिन जाने क्रममा एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु

ओखलढुंगा, ११ असार । ओखलढुंगाको लिखु गाउँपालिकाले सञ्चालन गरेको एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गाउँपालिका केन्द्र यसमबाट गाम्नाङटार विरामी लिन जाने क्रममा कात्तिकेभीरमा एम्बुलेन्स दुर्घटना हुँदा २२ वर्षीय चालक सुदर्शन खत्रीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाखबरले जानकारी दिएकाे छ ।

गाउँपालिकाको प्रदेश नम्बर ३–०१–०० झ ५११५ नम्बरको एम्बुलेन्स सडकबाट करिब २ सय मिटर तल खोलामा खसेको गाउँपालिका अध्यक्ष गोबिन्द पौडेलले जनकारी दिए । वडा नम्बर आठ का वडा अध्यक्षले पोकलीबाट बिरामीलाई काठमाडौँ लैजान एम्बुलेन्स मगाएपछि चलक बिहानै एम्बुलेन्स लिएर पोकलीतर्फ लागेका थिए ।

दुर्घटनास्थल कात्तिके भिरमा घुम्ती रहेको र बाटो समेत साघुँरो भएको स्थानबाट एम्बुलेन्स दुर्घटनामा परेको गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्