वास्तविक तीज गीत बैनी बरीलै हेर्नेको आँखा रसायो

एक गरिव दाजु र बहिनी विचको तीजमा भएको सम्वादलाई गीतमा उठाइएको निकै सुमधुर र उत्कृष्ट गीत ‘बैनि बरिलै’ भर्खर मात्र सार्वजनिक भएको छ ।

गीतमा गायक बाबु कृष्ण परियार र गायिका शान्ति श्री परियारको आवाज रहेको छ । बास्तविक तीजको भाव वोकेको सो गीत हेर्न थाले पछि सबैलाई अन्त्य सम्म बाँधेर राख्छ । अझ यसो भनौं गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेकाे छ ।

बाबु कृष्णको युट्युब च्यानलबाट मंगलवार सार्वजनिक भएको हो गीत बैनी बरीलैमा बाबु कृष्ण परियारको लय र सरोज आर्चाय क्षत्रीको शब्द रहेको छ । गीतमा संगीत संयोजन भने पछिल्लो समयका ब्यस्त एरेन्जर सुनिल परियारले गरेका हुन ।

देवेन्द्र बब्लुको निर्देशन रहेको उक्त गीत चार्डवाडमा माईत आउन नपाएका चेलिहरूलाई पर्खिएका माईतीहरूका लागि समर्पित छ ।

तिज नजिकिदै गर्दा दाईले फोन मार्फत आफ्नी बैनीलाई माइतीमा आउन आग्रह गरेको र बैनीले पनि मलाई लीन आउनु दाजै भन्ने भावलाई गीतमा समेटिएको छ।

गीतको भिडियोमा देबेन्द्र बब्ल, रोशनी कार्की, विशाल घिमिरे, श्याम मल्ल, खेम बा लगायतका कलाकारको अभिनय रहेको छ ।प्रविण भट्टको सम्पादन रहेको गीतमा भिडियोको छायांकन भने करण चैसिरले गरेका छन् ।

गीतको पुरै भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :-

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्