लेबनानमा भएको घातक विष्फोटबाट परेको प्रभावलाई सम्वोधन गर्नुपर्नेमा जोड

फ्रान्सले लेबनानको राजधानी तथा बन्दरगाह शहर बेरुतमा भएको घातक विष्फोटबाट परेको प्रभावलाई सम्वोधन गर्नुपर्नेमा जोड दिएको छ । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले आइतवार भने, “बेरुत बन्दरगाहमा भएको घातक विष्फोटको कारण पिडामा रहेको लेबनानलाई सहयोग पुर्याउन दातृ देशहरूले ‘शीघ्र तथा प्रभावकारी’ काम गर्नुपर्छ ।”

“आजको उद्देश्य छिटो र प्रभावकारी रूपमा भूमिमा हाम्रो सहयोगको समन्वय गर्नु हो ताकि यो लेबनानी जनताले सकेसम्म सहज रूपमा राहत पाएको महशुस गरून्,” लेबनानलाई विस्फोट पहिलेको अवस्थामा पु¥याउने सन्दर्भमा गरिएको संयुक्त राष्ट्रसङ्घीय सहयोग सम्मेलनको उद्घाटन गर्दै उनले भने । एजेन्सी

यो पनि पढ्नुहोस् :-

दक्षिण कोरियामा केही दिनदेखि अत्याधिक वर्षा हुँदा आएको बाढीबाट ३० जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता भएका छन् । गत हप्तादेखि मनसुन सक्रिय हुँदा बाढी आएको हो । बाढीका कारण पछिल्ला ३ दिनमा १३ जनाले ज्यान गुमाएका छन् भने २ जना बेपत्ता भएका छन् ।

बाढीका कारण देशभरका ११ प्रान्तमा ६ हजार परिवार घरवार विहीन भएका छन् । ४ हजार ६ सय परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । बाढीले देशभर ९३ हजार हेक्टर जमिन डुबेको छ । कोरियाली प्रायद्वीपमा आज आउनसक्ने सामुद्रीक आँधीका कारण थप वर्षा हुने भएकाले सतर्क रहन यहाँको सरकारले सबैलाई अपील गरेको छ ।

आँधीले कोरियाली प्रायद्वीपको दक्षिणी क्षेत्रमा बढी प्रभाव पार्ने बताईएको छ । आँधीपछि अत्यधिक वर्षा हुने भएकाले थप सतर्क रहन आग्रह गरिएको छ । एजेन्सी

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्

×

ताजा अपडेट छिटाे जानुहाेस्