ललितपुरमा भीषण आगलागी

ललितपुर, २८ कत्तिक । ललितपुरमा भीषण आगलागी भएको छ । ललितपुरको बालकुमारी पुल क्रस हुने बित्तिकै बायाँपट्टी रहेको फोहोरमैला संकलन गर्ने ठाउँमा आगलागी भएको हो ।

ललितपुर प्रहरीका अनुसार आगलागीको कारण भने अझै खुल्न सकेको छैन । ललितपुर महानगरपालिकाको फोहोरमैला संकलन गर्ने ठाउँमा भएको आगलागी चार वटा दमकलको सहायतामा निभाइएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएएसपी टेकप्रसाद राईले जानकारी दिए । आगलागीबाट अन्य भौतिक क्षति भएको छैन ।

आगलागी भएको ठाउँमा स्प्रेका बोत्तलहरु रहेको कारण पड्किएर उछिटिएको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्