लमजुङमा खम्बा गाड्ने क्रममा करेण्ट लागेर मृत्यु

लमजुङ, ६ कात्तिक । लमजुङमा खम्बा गाड्ने क्रममा करेण्ट लागेर मृत्यु भएको छ । मृत्‍यु हुनेमा राइनास नगरपालिका –९ मोहोरिया कोटका २८ वर्षीय रवीन्द्र पराजुली रहेको प्रहरिले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनका अनुसार सोही वडामा सौर्यबत्तीका लागि नयाँ खम्बा गाड्ने क्रममा नाङ्गो तारमा छुन पुग्दा उनलाई करेन्ट लागेको थियो ।

उनलाई नगरपालिकाको सहोदर सामुदायिक अस्पतालमा उपचार गर्न लैजाँदा बाटामा नै मृत्यु भइसकेको अस्पतालले जनाएको छ । शव परीक्षणका लागि बेँसीशहर नगरपालिका –८ स्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालमा ल्याइएको छ । बडादशैँका बेला गाउँले मिलेर चौतारानिर उज्यालो बनाउनका लागि सौर्यबत्ती राख्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्