लकडाउन उल्लंघनको आरोपमा पक्राउ परेका बाउ-छोराको प्रहरी हिरासतमा मृत्यु

लकडाउन उल्लंघनको आरोपमा भारतको तमिलनाडुमा पक्राउ परेका एक पिता र उनका छोराको कथित रुपमा प्रहरी हिरासतमा भएको उत्पीडनका कारण मृत्यु भयो जसका कारण पूरा राज्यमा आक्रोशको माहौल छ । ५८ वर्षका के पी जयराज र ३८ वर्षका उनका छोरा बेनिक्सलाई लकडाउनको क्रममा तोकिएको समयमा पनि पसल खुल्ला राखेको आरोपमा पक्राउ गरिएको थियो । तमिनाडुमा अहिले पनि कोरोनाका कारण लकडाउन छ ।

जयराज र बेनिक्सलाई प्रहरी हिरासतमा राखिएको थियो । दुई दिनपछि दुबैको मृत्यु भयो । दुबैको मृत्युबीच केहि घण्टाको मात्रै अन्तर थियो । जयराज र बेनिक्सका आफन्तले हिरासतमा दुबैलाई यातना दिइएको आरोप लगाएका छन् ।

यो घटना भारतको पहिलो घटना भने होइन । लकडाउनको क्रममा देशका विभिन्न हिस्सामा कथित रुपमा प्रहरीको बर्बरता र यातनाको खबर आएको थियो । यो घटनालाई पनि यसैको उदाहरण मानिएको छ । एजेन्सी

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्