रुसी राष्ट्रपति पुटिनले बाइडेनलाई जीतको बधाई नदिएको कारण खुलाए

रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले अमेरिकाका नव–निर्वाचित राष्ट्रपति जो बाइडेनलाई जीतको बधाई नदिएको कारण खुलाएका छन् । पुटिनले आँफू कानूनी ल’डाईंको निर्णय नआञ्जेल प्रतिक्षा गर्ने र त्यसपछि मात्रै बाइडेनलाई बधाई दिने बताएका छन् ।

रुसी टिभी च्यानललाई दिएको अन्तर्वार्तामा पुटिनले औपचारिक बधाई दिन ढिलाई गर्दा रुस र अमेरिकाको सम्बन्धमा कुनै असर नपर्ने बताएका छन् । यद्यपि, दुबै देशबीचको सम्बन्धमा पहिले देखि नै त’नावको स्थिती छ ।

तर राष्ट्रपति डोनल्ड ट्रम्प सधैं पुटिनको तारिफ गरिरहन्छन् र उनीमाथि राष्ट्रपति बन्न रुसको मद्दत लिएको आरोप पनि लागेको छ । पुटिनलाई ‘बधाई नदिएर दुई देशबीचको सम्बन्ध खराब त पारिरहनुभएको छैन’ भनेर प्रश्न सोधिएको थियो । यो प्रश्नको जवाफमा उनले भने, ‘जुन सम्बन्ध पहिले देखि नै खराब छ भने अब के खराब होला ।’

पुटिनले भने, ‘हाम्रो दुबैसँग सम्मानजनक सम्बन्ध छ । निवर्तमान राष्ट्रपति ट्रम्प र नव–निर्वाचित राष्ट्रपति जो बाइडेन दुबैसँग सम्मानजनक सम्बन्ध छ । हामीलाई कसैसँग कुनै समस्या छैन । यो एक औपचारिक मामला हो । हाम्रो कुनै लुकेको एजेन्डा छैन । मलाई लाग्दैन कि औपचारिकता निभाउन हतार गर्दा खराब भएको सम्बन्ध राम्रो हुनेछ ।’

पुटिनले भने, ‘संसारका अन्य जुन नेताले बधाई दिएका छन् उनीहरु सबै अनुभवी छन् र उनलाई थाहा छ कि कहिले के गर्नुपर्छ ।’ रुसी राष्ट्रपतिले थपे, ‘पछिल्लो पटक पनि सबैले हिलेरी क्लिंटनलाई बधाई दिएका थिए तर ट्रम्पले जितेका थिए ।’ एजेन्सी

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×

ताजा अपडेट छिटाे जानुहाेस्